पचास करोड दिनुस्, म मोदीलाई मारीदिन्छु : फौजी तेजबहादुर [लिक भएको भिडियोसहित]



हाम्रो इकोनोमि

 

भारतमा एउटा भिडियो भाइरल भएको छ । त्यस भिडियोमा बरखास्त गरिएका बिएसएफका जवान तेजबहादुरले आफूलाई पचास करोड दिइए मोदीको हत्या गर्ने बताएका छन् । छाटो भिडियोमा उनले पैसाको डिल गरिरहेको देखिन्छ । पाकिस्तानले दिन्छ त पैसा भन्ने प्रश्नमा उनले आफू देशभक्त भएको र पाकिस्तानबाट पैसा लिँदै नलिने बताएका छन्।

 

तेजबहादुर तिनै हुन् जसले वाराणसीमा मोदीविरूद्ध उम्मेद्वारी दिएका थिए र उनको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । भारतीय सर्वोच्च अदालतले भने तेजबहादुरको सिकायतबारे पुनर्विचार गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।

 

सो भिडियो भाइरल भए पनि त्यसको प्रामाणिकता पुष्टि हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। तर यही भिडियो भारतिय मिडियामा समेत खुबै भाइरल बनेको छ । उक्त भिडियो उनी नजिकका कोहीले खिचेको र बदनियत पूर्वक बाहिर ल्याएको अनुमान गरिएको छ । उनकै टीममा भएको छलफल भएकाले यो निक्कै डरलाग्दो भएको भारतीय सञ्चार माध्यमको दावी छ ।

 

यस्तो छ भिडियो । भिडियो हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...