पचास करोड दिनुस्, म मोदीलाई मारीदिन्छु : फौजी तेजबहादुर [लिक भएको भिडियोसहित]



हाम्रो इकोनोमि

 

भारतमा एउटा भिडियो भाइरल भएको छ । त्यस भिडियोमा बरखास्त गरिएका बिएसएफका जवान तेजबहादुरले आफूलाई पचास करोड दिइए मोदीको हत्या गर्ने बताएका छन् । छाटो भिडियोमा उनले पैसाको डिल गरिरहेको देखिन्छ । पाकिस्तानले दिन्छ त पैसा भन्ने प्रश्नमा उनले आफू देशभक्त भएको र पाकिस्तानबाट पैसा लिँदै नलिने बताएका छन्।

 

तेजबहादुर तिनै हुन् जसले वाराणसीमा मोदीविरूद्ध उम्मेद्वारी दिएका थिए र उनको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । भारतीय सर्वोच्च अदालतले भने तेजबहादुरको सिकायतबारे पुनर्विचार गर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।

 

सो भिडियो भाइरल भए पनि त्यसको प्रामाणिकता पुष्टि हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। तर यही भिडियो भारतिय मिडियामा समेत खुबै भाइरल बनेको छ । उक्त भिडियो उनी नजिकका कोहीले खिचेको र बदनियत पूर्वक बाहिर ल्याएको अनुमान गरिएको छ । उनकै टीममा भएको छलफल भएकाले यो निक्कै डरलाग्दो भएको भारतीय सञ्चार माध्यमको दावी छ ।

 

यस्तो छ भिडियो । भिडियो हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...