५५ वर्षीय डाक्टरले २१ वर्षे मोडललाई पहिले दिए यस्तो गिफ्ट, त्यसपछि पटक पटक बलात्कार



हाम्रो इकोनोमि

 

मुम्बईमा एक ५५ वर्षीय डाक्टरले २१ वर्षे मोडललाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

मिडिया रिपोर्ट अनुसार आरोपी डाक्टर र पीडित मोडलको एक सिरियलमा काम गर्नेबेला चिनजान भएको थियो । पिडित मोडलले उनका साथी मार्फत डाक्टरसंग चिनजान गरेकी थिइन् ।

त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो । मुम्बई पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि उपहार दिएका थिए ।

अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ । यस्तै, पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए ।

यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन् ।

यसबारे गत हप्ता उजुरी दिइएको थियो । पुलिसले यसबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...