५५ वर्षीय डाक्टरले २१ वर्षे मोडललाई पहिले दिए यस्तो गिफ्ट, त्यसपछि पटक पटक बलात्कार



हाम्रो इकोनोमि

 

मुम्बईमा एक ५५ वर्षीय डाक्टरले २१ वर्षे मोडललाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

मिडिया रिपोर्ट अनुसार आरोपी डाक्टर र पीडित मोडलको एक सिरियलमा काम गर्नेबेला चिनजान भएको थियो । पिडित मोडलले उनका साथी मार्फत डाक्टरसंग चिनजान गरेकी थिइन् ।

त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो । मुम्बई पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि उपहार दिएका थिए ।

अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ । यस्तै, पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए ।

यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन् ।

यसबारे गत हप्ता उजुरी दिइएको थियो । पुलिसले यसबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...