किन सल्किन्छन् विवाहित पुरुष पराई स्त्रीसँग ? जान्नुहोस् कारणहरू



हाम्रो इकोनोमि

 

विवाह पश्चात पुरुष होस् या महिला तेस्रो व्यक्तिसँग सम्बन्ध गाँस्न पुगेका खबरहरु हाम्रो समाजमा निकै नै आइरहेका हुन्छन् ।

विवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्नु कदापि राम्रो होइन । तर पनि यो सबै थाहा भएर पनि किन आफ्नो वैवाहिक सम्बन्धलाई धरापमा पुर्‍याउँछन् त मान्छेहरू ?

 

पुरुषहरुले परस्त्रीसँग सम्बन्ध राख्नुका केही कारणहरुबारे तल चर्चा गरिएको छ :

रोमान्सका लागि
वैवाहिक जीवनमा पुरुषहरु चाँडै नै कुनै न कुनै चिजबाट बोर हुन्छन् । जसले गर्दा दाम्पत्य सम्बन्ध बाहेक जिन्दगीमा नयाँ रोमाञ्चकताको लागि परस्त्रीसँग सम्बन्ध गाँस्न पुग्छन् । तर बिर्सिन्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ ।

बोरिङ सम्बन्ध
विवाहपछि घर-परिवार र बच्चाहरुको जिम्मेवारीका बीच दम्पतीहरू एक-अर्कासँग प्रशस्त समय बिताउँन पाउँदैनन् । यसबाट सम्वन्धमा खल्लोपना र गह्रुङ्गोपना सुरु हुन्छ । यस्तो अवस्थामा कैयौं पुरुषहरु परस्त्री प्रति आकर्षित हुन्छन् ।

साथीहरुलाई रवाफ देखाउन 
विवाहित पुरुषहरु साथीसंगतीको उक्साहटमा पनि परस्त्रीसँग सम्बन्ध राख्न पुगी रहेका हुन्छन् । पत्नीप्रति बफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउँने पनि गर्छन् । त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...