श्रीमानकै अगाडि श्रीमतीको सामूहिक बलात्कार, भिडियो पनि बनाए



हाम्रो इकोनोमि

 

महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन ।

भारतको राजस्थानको अलवर जिल्लामा एक दलित महिलालाई आफ्नै श्रीमानको अगाडि ने सामूहिक बलाकार गरेका छन् ।

दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कार गर्नुको साथै श्रीमानलाई निर्घात कुटपिट समेत गरेका छन् ।

पीडितका अनुसार आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर श्रीमानको सामुन्ने नै बलात्कार गरेका थिए ।

बीबीसीकाे अनुसार उनीहरूले बलात्कार गरेकाे र श्रीमनमाथि निर्घात कुटपिट गरेकाे भिडियाे समेत बनाएका छन् ।

अहिले उक्त भिडियाे भाइरल बन्दै गएकाे छ । यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।

बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने चार जनाकाे खाेजी भइरहेकाे छ ।

लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखेकाे दलित संगठनले आराेप लगाएकाे छ ।

घटना अप्रिल २६ को बताइएकाे छ।भिडियो भाइरल गरिदिने चेतावनी दिएकाले पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत नगरे दलित संगठनकाे दाबी छ ।

दलित संगठनले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग समेत अवरूद्ध पारे ।

त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्‍यो ।

 

राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए ।

पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...