केटीको निहुँमा ललितपुरमा ग्याङ फाइट, यसरि भयो ; ( हेर्नुहोस भिडियो )



 

ललितपुरको पुल्चोकमा युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्पताल नजिकको गल्तीमा ग्याङ फाइट भएको थियो ।

१२/१४ जना युवाहरुको समूहमा भएको झडपमा २० वर्षका अन्सल शाक्यको मृत्यु भएको छ । झडपमा घाइते भएका उनलाई ६ः४५ बजे सुमेरु सिटी अस्पताल पुर्याइएको थियो ।

तर, ७ बजे चिकित्सकले मृत घोषित गरेका छन् । उनको टाउको, छाति लगायतका स्थानमा धारिलो हतियार प्रहार गर्दा गम्भीर चोट लागेको थियो । प्रहरीका अनुसार दुई समूहबीच केटीको निहुँमा झडप भएको थियो ।

संलग्न कृष्ण तामा सहित ६ जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले अनलाइनखबरलाई जानकारी दिए ।

भिडियो हेर्न लिंक copy गरि युटुब बाट हेर्नुहोस

यो पनि पढ्नुहोस :
समीक्षा मृत्यु प्रकरणः बुवा, हजुरआमा र दुई फूपु पक्राउ
२५ असार, बुटवल ।

रुपन्देहीको रुद्रपुरमा १६ वर्षीया किशोरी समीक्षा ठकुरीको आगलागीमा परेर रहस्यमय मृत्यु भएको घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फूपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापा पक्राउ परेका हुन् ।तेजबहादुर र हरिकलालाई रुद्रपुरबाट र मधु र अमृतालाई बुटवलबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।

उनीहरु चारैजनाविरुद्ध मृतक समीक्षाकी आमा माया ठकुरीले शुक्रबार किटानी जाहेरी दिएकी थिइन् ।

‘किटानी जाहेरीमा उल्लेख भएका चारैजनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ,’ इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक दीपेश बस्यालले भने, ‘घटना गम्भीर प्रकृतिको र शंकास्पद देखिएकाले गहिराइमा पुगेर सत्यतथ्य पत्ता लगाउन केही समय लाग्नेछ ।’

यसअघि पनि प्रहरीले समीक्षाका बुबा तेजबहादुरलाई नियन्त्रणमा लिएर छाडेको थियो ।

समीक्षाको मृत्युपछि दुई पटकसम्म जाहेरी दर्ता नभएपछि इराकमा रहेकी आमा माया थापा रुद्रपुर फर्केर परिवारका सदस्यले मार्ने उद्देश्यले समीक्षाको शरीरमा मट्टतिेल छर्केर आगो लगाइदिएको दावीसहित किटानी जाहेरी दिएकी थिइन् ।

मृतकका आफन्त स्थानीय अगुवा बोम दर्लामीले घटना लगत्तै रुद्रपुर प्रहरीचौकीमा जाहेरी दर्ता गर्न जाँदा दर्ता गर्नुपर्दैन भनिएको, गर्ने मन छ भने इलाका प्रहरी कार्यालय बुटवलमा जान भनिएको जबकी नजिकै इलाका प्रहरी कार्यालय सालझण्डी छ, तर बुटवलमा दुई पटकसम्म जाँदा पनि जाहेरी दर्ता नगरी सालझण्डीमा दर्ता गर्न भनिएको हुँदा घटनाको अनुसन्धान फितलो बनाउन खोजिएको आशंका उत्पन्न भएको बताए ।

शुरुमा आफ्नो क्षेत्र नभएको भन्दै जाहेरी दर्ता गर्न नमानेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्ल आरोपितहरु पक्राउपछि भने इप्रका सालझण्डी पुगेका छन् ।

यही असार ९ गते आफ्नै घरमा सुतेको अवस्थामा आगोले जलेर गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा असार २० गते काठमाडौं कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।अस्पतालमा उपचारमा रहेका बेला समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्‍याएको बताएको सानी आमा रचना बुढाथोकीले बताएकी छन् ।

स्थानीय पीसल्याण्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै गरेकी समीक्षा गएको ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । त्यसअघि उनी मावली घरमा बस्दै आएकी थिइन् ।

समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेला देखि नै आमा-छोरी माइतीमा बस्दै आएका थिए ।समीक्षा बुबाको घरमा बस्न थालेपछि परिवारका सदस्यबाट पटकपटक कुटपिट, दुर्व्यबहार हुनुका साथै सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेका थिए ।

समीक्षा घरमै बस्न थालेसँगै अंश दिनु पर्ने डरले परिवारले मिलेर आगो लगाएको दावी किशोरीकी आमा र मावली पक्षले दावी गरेका छन् । घटना हुनु एक महिना अघिपनि बुबा, हजुरआमा र फूपुहरु मिलेर घाइते हुने गरी कुटपिट भएपछि समिक्षाले प्रहरीमा उजुरीसमेत दिएकी थिइन् । उक्त घटना स्थानीय प्रहरी चौकी,गाउँपालिकाको न्यायिक समितिसम्म पुगेर छलफल भइ आइन्दा कुटपिट नगर्ने सहमतिमा मिलेको थियो । तर, त्यसको केही दिनपछि नै फेरि समीक्षामाथि दुव्र्यवहार शुरु भएको थियो ।

यो पनि पढ्नुस्
मट्टतिेल छर्केर जलाइएकी रुपन्देहीको कञ्चन गाउपालिका-५ की १६ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गएको छ । आफ्नै घरमा सुतेको अवस्थामा जलेर गम्भीर घाइते भएकी समीक्षा ठकुरीको उपचारका क्रममा असार २० गते ज्यान गएको हो । मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् । समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको