सरकारको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ



हाम्रो इकोनोमि

 

गएको शनिबार राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुभएको सरकारको आगामी नीति तथा कार्यक्रमलाई लिएर संसदमा केही दिन देखि बहस भइरहेको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसलाई जनतामा भ्रम छर्नको लागि ल्याइएको बताउँदै आएको छ । यता सत्तापक्षले यो नीति तथा कार्यक्रम विकासको पहिलो आधार भएको र देश विकासको युगमा प्रवेश गरेको बताउँदै आएका छन् ।

 

आज संसदमा यसको अन्तिम छलफल हुने भएको छ । आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७६–७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुने भएको छ ।

 

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले आज संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लाग्नु भएको हो । विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् ।

 

प्रधानमन्त्री ओलीले यस विषयमा विभिन्न सार्वजनिक कार्यक्रमहरुका जवाफ दिइसकेको भएपनि आज फेरि संसदमा विपक्षीले उठाएका प्रश्नहरुको जवाफ दिनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...