अमिताभ बच्चनमा देखियो डरलाग्दो स्वास्थ्य समस्या, ७५ प्रतिशत फोक्सोले काम गरेन



हाम्रो इकोनोमि

 

 

चर्चित बलिउड अमिताभ बच्चन ३७ वर्षदेखि हरेक आइतबार जुहू स्थित आफ्नो निवास जलसा गेटमा आफ्ना सर्मथकलाई भेट्दै आएका छन् । यो पटकको आइतबार भने उनी स्वास्थ्य समस्याका कारण आफ्ना सर्मथकहरुसँग भेट्न पाएनन् ।

उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन् । अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका छन् ।

ट्वीटमा अमिताभले लेखेका छन, ‘आइतबार भेट हुन सक्दैन । म बिरामी छु ।’ उनको ट्वीट पढेपछि उनका फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन् । ट्वीटमा मात्रै होईन उनले ब्लगमार्फत पनि यसका बारेमा जानकारी दिएका छन । उनले लेखे, ‘आइतबार भेटघाट सम्भव भएन । ओछ्यानमा छु केही पिडा महसुस हुँदैछ ।’

तपाईलाई जानकारी गराउँ गएको २० वर्ष देखि अमिताभ हेपीटाइटिस बी रोगबाट पिडित छन् । उनको फोक्सो ७५ प्रतिशत खराब भएको छ र बाँकी २५ प्रतिशत काम गरिरहेको छ ।

यसकारण उनलाई समयसमयमा पेट दुख्ने समस्या हुने गर्दछ । फिल्म कुलीको शूटिङको समयमा जब उनी घाइते भए त्यो बेला देखि उनलाई हेपीटाइटिस बी लागेको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...