अमिताभ बच्चनमा देखियो डरलाग्दो स्वास्थ्य समस्या, ७५ प्रतिशत फोक्सोले काम गरेन



हाम्रो इकोनोमि

 

 

चर्चित बलिउड अमिताभ बच्चन ३७ वर्षदेखि हरेक आइतबार जुहू स्थित आफ्नो निवास जलसा गेटमा आफ्ना सर्मथकलाई भेट्दै आएका छन् । यो पटकको आइतबार भने उनी स्वास्थ्य समस्याका कारण आफ्ना सर्मथकहरुसँग भेट्न पाएनन् ।

उनले आफु बिरामी भएका कारण फ्यानहरुलाई भेट्न नपाएको भन्दै दुःखेसो गरेका छन् । अमिताभ १९८२ देखि हरेक आइतबार आफ्ना सर्मथकसँग भेट्दै आएका छन् ।

ट्वीटमा अमिताभले लेखेका छन, ‘आइतबार भेट हुन सक्दैन । म बिरामी छु ।’ उनको ट्वीट पढेपछि उनका फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

उनलाई आराम गर्नको लागि सुझाउने फ्यानहरु पनि उस्तै रहेका छन् । ट्वीटमा मात्रै होईन उनले ब्लगमार्फत पनि यसका बारेमा जानकारी दिएका छन । उनले लेखे, ‘आइतबार भेटघाट सम्भव भएन । ओछ्यानमा छु केही पिडा महसुस हुँदैछ ।’

तपाईलाई जानकारी गराउँ गएको २० वर्ष देखि अमिताभ हेपीटाइटिस बी रोगबाट पिडित छन् । उनको फोक्सो ७५ प्रतिशत खराब भएको छ र बाँकी २५ प्रतिशत काम गरिरहेको छ ।

यसकारण उनलाई समयसमयमा पेट दुख्ने समस्या हुने गर्दछ । फिल्म कुलीको शूटिङको समयमा जब उनी घाइते भए त्यो बेला देखि उनलाई हेपीटाइटिस बी लागेको हो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...