म तिम्रो श्रीमानकी प्रेमिका हुँ !



हाम्रो इकोनोमि

 

भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् ।

एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छः

मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, उसको बच्चा, उसको घर र उसको सार्वजनिक जीवनकी साझेदार हौ जबकी म केही चोरिएको पल बाँच्छु सायद जसको कुनै अस्तित्व नै छैन ।

म उसको सोच, उसको सपना र उसको भावना साझा गर्छु, त्यो सबै कुरासँग अवगत छु जुन ती व्यक्तिको मनमा छ तर म त्यो सबैकुरा गर्न सक्दिनँ जुन उसको सार्वजनिक जीवनसँग सम्बन्धित थियो ।

तिमीहरुको विवाह भएको २० वर्ष बढी भइसकेको छ । तिमीहरुले विभिन्न नीजि र पारिवारिक उद्देश्य हाँसिल गरिसकेका होलाऊ ।

सँगै घर व्यवहार चलाउनु, आफ्ना सबैभन्दा प्रिय बच्चाहरुलाई प्रेम गर्नु लगायतका अन्य विभिन्न कुराहरु । तर केही कारणले वर्षौं अघि तिम्रो ती व्यक्तिका लागि प्रेम समाप्त भइसकेको छ ।

तिमी सायद आफ्नो लागि सोचिएको जीवन बाँचिरहेकी छौ होला तर प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ?

के तिमी उसलाई प्रेम गर्छौ ? के उसले प्रेम पाएको भए म भएठाउँ आउँथ्यो होला,? के उसलाई मेरो आवश्यकता पर्दथ्यो ? म तिमीलाई दोष दिइरहेकी छैन तर तिमीले सायद उसलाई प्रेम गर्न छोडिदिएकी छौ ।

तर तिमी देखाउनकै लागि एक प्रेमविहिन विवाहलाई किन निभाइरहेकी छौ ?

मैले तिम्रो श्रीमानसँगको सम्बन्ध तोडिसकेकी छु किनभने म गोप्य सम्बन्ध अघि बढाउँदा आजित भइसकेकी छु । ऊ आफ्नो सन्तानलाई आहत पुर्याउन चाहँदैनथ्यो र यस्तो नगरी हामी कसरी सँगै अघि बढ्न सक्छौं भन्ने प्रश्नको जवाफ खोजिरहन्थ्यौं ।

जो व्यक्तिलाई म माया गर्दथेँ उसले आफ्नो जीवन टुक्रामा बाँच्नुपर्छ भन्ने कुरा सोचेरै म दुःखी हुन्थेँ । मैले कुनै निकासा देखिरहेको थिइनँ न नै उसले ।

उसले कुनै पनि स्थितीमा आफ्नो बच्चा गुमाउन चाहँदैनथ्यो । उसले मसँगको बिछोड सहन सक्थ्यो, बच्चासँग सक्दैनथ्यो ।

तिमी उसलाई त्यो प्रेम किन दिन सक्दिनौं जुन उसलाई आवश्यक छ रु ती उसलाई त्यो साथ र हेरबिचार किन दिन सकिरहेकी छैनौं जुन प्रेम गरेपछि पाइन्छ ।

म तिमीलाई ती व्यक्तिलाई छोड्न भनिरहेकी छैन । मात्र यो भन्न चाहन्छु कि तिमी उसलाई बुझ र प्रेम गर र उसलाई पनि आफैंलाई बुझ्ने र प्रेम गर्न देउ । तिमीहरुको विवाह नामको मात्र नरहोस् ।

मलाई केही पनि भन्ने अधिकार त छैन किनभने मलाई यो कहानीको एउटा पाटो मात्र थाहा छ ।

तर म जुन व्यक्तिलाई चिन्छु, उसले यदि प्रेम पाएको भए ऊ कहिले पनि म भए ठाउँ आउँदैनथ्यो । उसले अहिले पनि तिमीलाई नै रोज्छ किनभने उसले तिमीलाई आफ्नो जिम्मेवारी ठान्छ तर उसलाई प्रेमको कमी महसुस हुन्छ ।

तिमीहरुको विवाहमा प्रेम कहिले समाप्त भयो र किन रु तिम्रो श्रीमानबारे मलाई जति थाहा छ, उसले कहिले पनि धोका दिन सक्दैन ।

ऊ त्यस्तो प्रकृतिको व्यक्ति नै होइन । एक विवाहित पुरुषकी प्रेमिका भएको नाताले, जसले इमान्दारिता माग्ने कुनै अधिकार छैन, तरपछि ऊ इमान्दार थिए र मैले आशा गरेभन्दा एक कदम अघि बढेर मलाई सुरक्षित महसुस गराउँथ्यो । तिमीले उसको इमान्दारीता कसरी गुम्न दियौ ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...