अब नायिका मात्र हैन यही चलचित्रबाट निर्देशनपनि बन्दै रक गायिका सरस्वती लामा



हाम्रो इकोनोमि

 

रक गायिकाको परिचय बनाएकी पछिल्लो समयकी चर्चित गायिका सरस्वती लामा नेपाली चलचित्र उद्योगमा प्रबेश गरेकी छिन ।

उनले निर्देशन गर्ने चलचित्र ‘द डार्क एण्ड लाइट’ को शुभमुर्हुत समेत गरिएको छ ।

चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका छन ।

खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्र पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा चलचित्रको क्यामरा पूजा गर्दै शुभमुहुर्त शुक्रबार शुभमुर्हुत गरिएको हो ।

चलचित्रमा राजु अर्याल मुख्य निर्देश,पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टको निर्देशन रहने छ ।

वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको शुभमुहुर्त समारोहमा चलचित्रकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले चलचित्रको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत निर्देशन छ ।

चलचित्रका प्रस्तुतकर्ता, निर्देशक तथा अभिनेता पिटर खालिङले यो चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे ।

गायिकाको रुपमा स्थापित भैसकेकी सरस्वती लामाले यही चलचित्रमार्फत पाश्र्व गायनका साथै अभिनय र निर्देर्शनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।

एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो चलचित्र दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...