बाघको छाला ओढेको गधा र पौडेलविरुद्धको बेलुन



 

 

पञ्चतन्त्रमा एउटा बाघको छाला ओढ्ने गधाको कथा पढ्न पाइन्छ । गाउँको एउटा छट्टु आफ्नो गधालाई अरुको खेतबारीमा चराउन कतैबाट एकथान बाघको छालाको जोहो गर्छ र त्यो छाला आढाएर गघालाई अरुको खेतमा बाली चर्न छोडीदिन्छ । बाली चरिरहेको गधालई बाघ ठानेर किसानहरु अचम्ममा पर्छन् । एकआपसमा खासखुस गर्छन्, आपसमा तर्कवितर्क गर्छन्, होइन अचम्म पो भयो त, विचित्र संसारमा घाँस खाने बाघ पनि जन्मेछ ।

 

यस्तो तर्कना गर्छन् विचरा सीधा किसानहरु उसलाई लखेट्ने र नजिकै जान भने डराउनछन् । बाघको छाला ओढेको गधाले दिनहुँ किसानहरुको खेतवारी रोजीरोजी चर्छ र एकदिन किसानकोखेतीमा चरिरहेको बेला अर्को गधा कराएको सुन्छ र ऊ पनि आफ्नो असली जात जनाउँदै ‘गर्घन राग’ छोड्छ । बल्ला किसानहरुको अगाडि बाघको छाला ओढेको गधाको असलीरुप खुल्छ । त्यसपछि धुर्तकीसान र त्यो गधाको भागाभाग हुन्छ ।

 

हो त्यस्तै कथा जस्तै अहिले नेकपा महासचिव विष्णु पौडेलमाथि बालुवाटार जग्गा प्रकरणमा आठआना जग्गाको त्यान्द्रो देखाउँदै राटी सेक्ने पौडेलमाथि आक्रमण गर्ने र बद्नाम गर्न सकिन्छ कि भनेर न्वारनदेखिको बल लगाउँदै बाघको छाला ओढेका गधारुपि प्रवृत्ति देखा परेको छ ।

 

पहिलो कुरा त प्रचलन कानूनको प्रावधानअनुसार छोराले मालपोत कार्यालयमा रहेको श्रेस्ता, मठ र फिल्ड भिडाएर खरिद गरेको दोस्रो भूमी सम्बन्धी ऐन २०२१ को अनुसूची– २ अनुसार माया प्रजापतिले फारम भरेको र प्रमाणित भई मोहीको निस्सा प्राप्त गरी मोहीयानी हकबाट प्राप्त भएको जग्गा त्यो पनि छैठौँ व्यक्तिको रुपमा खरीद गरेको तस्रो प्रचलित कानूनअनुसार राजस्व तिरेको । यसरी खरीद गरेको जग्गाका सम्बन्धमा पुरै जग्गा हडपे जसरी चित्रित गर्ने दुश्प्रचार मात्र होइन, रहस्यको ढोका एकदिन खुल्नेछ, जसरी बाघको छाला आढेको गधारुपी पात्रको असली रुप देखियो ।

 

 

बद्नाम गर्ने नियतका साथ कपोकल्पित, भ्रामक र नियोजित ढंगले प्रचार गरिएको छ । जग्गा प्रकरणमा स्वयम पौडेलले सार्वजनिक रुपमा आफू संलग्न नरहेको स्पष्ट पारिसक्नुभएको छ । आरोपको पुष्टि गर्न चुनौती दिनुभएको छ । उता नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा आली, नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यस विषयमा धारणा व्यक्त गरिसकेको अवस्था छ । जुन अभिव्यक्तिमा महासचिव पौडेलको बालुवाटार प्रकरणमा कुनै संलग्नता नरहेको र आठआना जग्गा खरिद प्रचलित कानूनअनुसार गरेको पुष्टि गरिएको छ ।

(लेखक राजेन्द्र अर्याल)

जग्गा खरिद गर्दा कसैले पनि सातपुस्ता खोजीनीति गर्दैन । जसरी पौडेलले पनि आवश्यक ठान्नुभएन । एउटा कुरा के हो भने यदि गलत नियतका साथ खरिद गरेको भए १५÷१५ सम्म त्यो जग्गा राख्नुहुन्थ्यो र बिचमै बेचिहाल्नुहुन्थ्यो नि त्यो जग्गा बिक्री नगर्नुले पनि नियत सफारहेको पुष्टि गर्दछ, त्यसैगरी पौडेलमाथि पदीय दुरुपयोगको गम्भीर आरोप लगाईएको छ, जुन सर्वथा गलत र निराधार छ । किनकि त्यसबेला पौडेल अहिले जस्तो शक्तिमा हुनुहुन्थेन ।

 

त्यसमाथि नत पार्टीको हाइकमाण्डमा, नत सरकारको मन्त्री, नत सांसद नत कुनै सार्वजनिक ओहोदामा त्यस्तो वेला कसरी पदीय दुरुपयोग हुन सक्छन् । २०७६ सालको चस्मा लगाएर २०६१ सालमा हेर्नु दृष्टिभ्रम मात्र जान्छ । अहिले बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेलमाथिको आक्रमण सिंगो नेकपा ताछ्न सकिन्छ कि भन्ने एउटा डिजाइन हुनसक्छ । लोकप्रियता हासिल गर्दै अघि बढेको नेकपाको सरकारलाई कमजोर र बदनाम गर्न सकिन्छ कि भनेर पनि कतिपयले दुश्प्रयास गरेका हुन सक्छन् ।

 

 

नेकपाका महासचिव तथा लोकप्रिय नेता विष्णुप्रसाद पौडेलका विरुद्धमा केही स्यालहुइँयाहरु चलेका छन् । कतिपय गधारुपीहरुले बाघको छाला ओढेर हुँकार गर्न खोज्दैछन् । नेकपकामाथि आक्रमण गर्नु अघि त्यसका हस्ती विष्णु पौडेललाई नै कमजोर बनाउनुपर्छ भन्ने ध्येयले स्यालहुइँयाहरु संगठित भएका छन् । पौडेललाई कमजोर बनाउन सकियो भने त्यसैमार्फत नेकपा र सरकारलाई पनि दबाब सिर्जना गर्न सकिन्छ भन्ने दाउमा केही शक्ति प्रयत्नरत छ ।

 

विकासको रोलमोडल बनेका नेता पौडेललाई यहीँ मेसोमा बदनाम गर्न पाइयो भने हिजो चुनाव हराएको बदला पनि लिन पाइने र आफ्ना बडेमानका नेताको कमजोरी पनि उतै तर्काउन पाइने छिर्के दाउमा विरोधीहरु लागेका छन् । हुँदै नभएका आरोपहरु एउटै नेताको थाल्पोमा खन्याउँदा पनि टसको मस किन हुँदैन भनेर स्यालहुइँया र पार्टीका धमिरेहरु रन्थनिएका छन् ।

 

जग्गा हड्पनै पर्ने थियो भने त्यत्तिका धेरै (११३ रोपनी) जग्गा छाडेर जम्मा आठ धूर किन लिन्थे ? अलिकति मगज पनि खियाउन नसक्नेहरुले अनेक हण्डर र ठक्करबाट स्पात भएको नेता विष्णु पौडेललाई चिमोट्न खोज्ने ? पौडेललाई मोहरा बनाएर तत्कालीन प्रधानमन्त्री र ठेकेदारहरुलाई उम्काउन सकिन्छ कि भन्ने ध्येय पनि कतिपयको हुनसक्छ । तर, पौडेल यो प्रकरणमा कुनै दोषी छैनन् ।

 

 

विष्णु पौडेललाई कमजोर बनाउन सकियो भने त्यसैमार्फत नेकपा र सरकारलाई पनि दबाब सिर्जना गर्न सकिन्छ भन्ने दाउ कतिपयको छ । विकासको रोलमोडल बनेका पौडेललाई यहीँ मेसोमा बदनाम गर्न पाइयो भने हिजो चुनाव हराएको बदला पनि लिन पाइने र पार्टीको खम्बा पनि कमजोर हुन्छ कि भन्ने शोंचमा स्याल हुइँयाहरु लागेका छन् । जनप्रिय र सबैका आदर्श नेताको बढ्दो लोकप्रियता, शालीन व्यक्तित्व, सरल र सहज बोली व्यवहार र सम्बन्ध, विकासप्रतिको समर्पण तथा विकासप्रमी नेता र जनमुखी कार्यशैलीका कारण देशैभरी पौडेलले कमाएको लोकप्रियताबाट भित्र बाहिरका शक्तिहरु त्रसित छन् ।

 

 

यसका लागि विभिन्न कोठामा बसेर समाचारको प्लटिङ गर्ने र नियोजित प्रचार गर्ने गरेपनि सत्यता एकदिन बाहिर आउनेछ । अहिले बाघको छाला आढाएर गधालाई किसानको खेतमा चर्न पठाएजस्तै नेकपा, सरकार र जनविरोधी तत्वहरुले विभिन्न हत्कण्डा प्रयोग गरीरहेका छन् त्यसैको एउटा शृङ्खलाको रुपमा गत शनिबार रुपन्देहीमै एउटा नाटक मञ्चन भयो । जनताबाट तिरस्कृत भएकाहरुको एउटा समूहले चारतारे झण्डा ओढेर नेकपा महासचिव तथा सांसद पौडेलका विरुद्ध अभिव्यक्ति दिएको समाचार आएको छ ।

 

निर्वाचनमा पराजित भएको छटपट प्रष्टै झल्किने गरी दिएको अभिव्यक्ति भन्दा अर्थोक देखिँदैन । त्यस जिल्लाको सर्वाधिक लोकप्रिय जनप्रतिनिधि रहनुभएका पौडेलमाथि त्यस जिल्लामा विरोध गर्नु सार्वजनिक खपतका लागि सिवाय केही हुन सक्दैन । किनकि पौडेल निर्वाचित हुनु अघिको रुपन्देही र अहिलेको रुपन्देही जस्ले काँचुली नै फेरेको छ, त्यो हेरेमात्र पुग्छ ।

 

रुपन्देहीको तटबन्धनमा होस् वा सडक होस् विद्युतीकरणमा होस् वा आद्योगिकरणमा होस्, धारामा होस् वा नहरमा होस्, गाँउमा होस् वा नगरमा होस् जताततै कायापलट भएको छ । जस्को श्रेय साँसद पौडेल माथि जान्छ, जोप्रति रुपन्देहिवासी नतमस्तक देखिन्छन् । हो रुपन्देहीको विकास भएको देख्न नसक्नेहरुले, जनताको जीवनस्तर माथि उठेको मन नपराउनेले र रुपन्देही तथा रुपन्देहीवासी समृद्ध भएको हेर्न नचाहने छन् । हुनत यो बेला पौडेलमाथि धनुषवाण होइन, मिसाइल नै बर्षाइयो, मिसाइल त बर्षाइयो तर मिसाइलमा बारुद होइन भुस राखिएका कारण पड्कन सकेन ।

 

जे होस् पौडेलमाथि एउटा ग्राण्ड डिजाइनका साथ नियोजित र चरित्रहत्या गर्ने हिसाबले शृङ्खलाबद्ध ढंगबाट जुन दुश्प्रचार गरियो, त्यसले के संकेत गर्छ भने विष्णु पौडेललाई कमजोर बनाइयो भने रुपन्देही मात्र हाइन सिंगो देशको नेकपा कमजोर बनाउने सकिन्छ कि ? तर त्यो पञ्चतन्त्रको कथा जस्तै एकदिन गधा कराउनेछ, सबैको भागाभाग हुनेछ ।

 

अहिले संघीय राजधानी काठमाडौँतिर यो प्रसंगको नक्कली कुराहरु टिक्न नसकेपछि रुपन्देहीतिरका केही थान पात्रलाई बाघको छाला ओढाएर विष्णु पौडेलको तेजोवध गर्न सकिन्छ कि भनेर निशाना सोझ्याइएको छ तर त्यो फर्मूला पनि मिति सकिएको औषधी बन्ने कुरा पक्कापक्की नै छ ।

 

किनकि पौडेलविरुद्ध उडाइएको बेलुन सत्यतथ्य कुराको सियोले घोच्नासाथ हावा खुस्कीहाल्छ । गधालाई बाघको छाला ओढाएर चर्न पठाए पनि एकदिन गधाको असली रुप देखा पर्छ नै, त्यसैले धेरै कुरामा प्रतिक्रिया दिन जरुरी छैन । त्यसबेला बाघ बन्न खोज्ने गधा मात्र हाइन, बाघको छाला ओढाएर गधालाई बाघ बनाउन खोज्ने र त्यसैमा आफ्नो अफवाहको स्वार्थसिद्ध गर्न खोज्ने धूर्त किसानको भागाभाग हुनेछ । यस्ता पात्रहरुलाई समयमै पहिचान गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्