अमिताभको स्वास्थमा समस्या, ट्विटरमा गरे भावुक पोष्ट



हाम्रो इकोनोमि

 

 बलिउड महानायक अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् ।

उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् ।

यहि क्रम ३४ बर्षदेखि चल्दै आएको थियो । तर हिजो आइतबार अमिताभ बच्चनको स्वास्थमा समस्या देखिएपछि सो क्रमभंग भएको छ ।

उनले आफै ट्विटरमा सो कुराको जानकारी दिए ।  फ्यानहरुले सुस्वास्थ्यको कामना गर्दै पष्ट गरेका छन् । सो देखेर अमिताभ बच्चनले ट्विटरमा भावुक पोष्ट गरेका छन् ।

अमिताभ बच्चनले लेखे – ‘ मलाई थहा थिएन एक आइतबार आफुलाई चाहानेहरुसँग जलसाको द्वारमा नभेटनाले यती ठुलो समाचार बन्नेछ ! तपाई सबैलाई स्नेह प्रति मेरो आदर र सम्मान।’

बिग बीको सो पोष्टपछि फ्यानले कमेन्ट गर्दै उनको लामो आयुको कामना गरेका छन् ।  बिग बीले आफ्नो स्वास्थमा समस्या भएको जानकारी ट्विट गरेर दिएका थिए ।

अमिताभले लेखेका थिए – ‘आज आइतबार तपाईहरुसँग भेट्न पाउने छैन । स्वास्थ ठिक छैन, जलसाको द्वारमा आउन सक्दिन ।’ अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...