आमा भन्दापनि सुन्दरी छिन् पारस र हिमानी शाहकी छोरी पूर्णिका, यस्तो जवान भईन् [९ तस्विर]



हाम्रो इकोनोमि

 

धेरैलाई थाहा छ । पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट २ छोरी र १ छोरा छन् । राजगद्धी त्याग गर्दा नै जन्मिसकेका उनीहरु अहिले कस्ता होलान् । सबैको चासोको बिषय बन्न सक्छ । उनै ३ सन्तान मध्ये जेठी छोरी पूर्णीका शाह निक्कै जवान भएकी छिन् ।

 

उनी आमा हिमानी भन्दापनि निक्कै सुन्दरी र आकर्षक देखिन थालेकी छिन् । हिमानी नेपालकी सुन्दरी महिलाको सूचीमा छिन् । उनै सुन्दरी आमाकी सुन्दरी छोरीले आमाको मुख हेर्ने दिन आमा हिमानी शाहसँगका तस्बिर सार्वजनिक गर्दै संस्कृतको श्लोक लेखेकी छन् ।

आमाप्रतिको सम्मान झल्काउँदै उनले लेखेकी छन्–

 

नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।” “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।” ‘माता गुरूतरा भूमेः।’ ‘मातृ देवो भवः।’

 

साथमा उनले हिमानीकी आमा, पूर्वराजारानीको तस्बिर पनि राखेकी छन् । हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोली सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् । उनले शुक्रबारमात्र हजुरबा हजुरआमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको ५० औं वैवाहिक बर्ष गाँठको उपलक्ष्यमा पनि तस्बिर राखेर शुभकामना दिएकी थिइन् । उनले यदाकदा नेपालको राजनीतिलाई व्यंग्य गर्दै पनि स्ट्याटस लेख्ने गरेकी छन् ।

 

जुरबा ज्ञानेन्द्रको तस्बिर राख्दै केही दिन अघि पूर्णिकाले लेखिन्,‘बेमौसमको गर्जिने बादल देखियो भने पानी पर्दैन, बर्षाको बादल नगर्जिए पनि पानी पर्छ । धेरै बोल्ने मानिसले काम गर्दैन तर एउटा राम्रो मानिस नबोली काम गर्छ ।’

हेरौ उनका केही तस्विरहरु, तस्विर स्रोत पूर्णीकाको फेसबुक अकाउण्ट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...