३० तोला सुनसहित विमानस्थलका कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन ल्याएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका  कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।

विमानस्थल प्रहरीले यादवका गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...