चर्चित मोडल/प्रस्तोता सोनिका रोकाया समलिंगी



हाम्रो इकोनोमि
 

 

छोटो समयमा नै ग्ल्यामर दुनियाँमा निक्कै रुचाईएकी पात्र हुन् । सोनिका रोकाया, उनी चर्चित युटयुबर, कार्यक्रम प्रस्तोता, मोडलको रुपमा नेपाली ग्ल्यामर दुनियाँमा छाएकी थिइन् । सोनिका रोकाया यतिबेला बिदेशमा छिन । एक साताअघि उनी बिदेशिएकी हुन । एक युटयुब च्यानलमा युवा लक्षित कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनी नेपालमै यतिधेरै चर्चा हुँदाहुँदै किन बिदेशिईन । यो बिषयले यतिबेला चर्चा पाएको छ । शुक्रबार प्रकाशित एक साप्ताहिक पत्रिकाले उनी सँगको एक सनसनीपुर्ण कुराकानी सार्बजनिक गरेको छ ।

 

बाथरुम गफ स्तम्भमा म समलिंगी हुँ भन्ने शिर्षकको समाचारले नयाँ तरंग ल्याएको छ । उनले सो कुराकानीमा आफु समलिंगी भएको स्वीकार समेत गरेकी छिन । उनी एकाएक बिदेशिने निर्णय सार्बजनिक भएसँगै निराश भएका उनका शुभचिन्तकहरुलाई उनी किन बिदेश जाने निर्णयमा पुगिन भन्ने बास्तविक कुरा बाहिर नआईरहेको अबस्थामा यो कुराकानीले हंगामा मच्चाएको छ ।

उनी किन बिदेशिईन त ?

प्रायजसो आफनो कार्यक्रममा ननभेज कुराकानी प्रस्तुत गर्ने उनको चर्चा राम्रै थियो । उनी चर्चामा रहेकै बेला एकाएक बिदेशिने सोच बनाईन । उनी बिदेशिनुका खास कारण बल्ल सार्बजनिक भयो जब उनको बास्तविकता सार्बजनिक भयो । थुप्रै समलिंगीहरुले संघर्ष गरेर सफलता पाएका थुप्रै उदाहरण छन । यो अर्थमा उनी बिदेशिनु पर्ने अबस्था होईन । तर बेलाबखत अपाच्य झै लाग्ने सामाग्री प्रस्तुत गर्ने हर्कतले उनलाई समस्यामा पारेको बुझ्न गाहे छैन ।

केही म्युजिक भिडियो,केही सर्ट मुभिमा समेत काम गर्न भ्याएकी उनी एकाएक बिदेशिने निर्णयपछि एक किसिमको तरंग नै सिर्जना भएको छ । प्रकाशित अन्तरबार्ताले कतै उनी समलिंगी भएकै कारण समस्या भएर बिदेशिएकी त हैनन भन्ने आशंका समेत उत्पन्न गराएको छ ।

ग्ल्यामर दुनियाँमा सोनिकाका केही अवतारहरु

  

Comment

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...