वैशाख २६ गते दोश्रो विवाह गर्दै प्रचण्ड, जग्गे बनाएरै बेहुलीलाई यसरी हाल्दैछन् सिन्दुर



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले आगामी वैशाख २६ गते सीतासँग विवाह भएको ५० वर्ष पुग्ने अवसर पारेर फेरि विवाह गर्न लागेका हुन् ।

 

 

वैशाख २६ गते प्रचण्डले सीतालाई औपचारिक रुपमै  सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएकाे छ । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको थियाे ।

 

छाेरा प्रकाश दाहालकाे निधनपछि अस्वस्थ भएकी सीताकाे स्वास्थमा सुधार हुने अपेक्षासहित प्रचण्डले पुनः विवाह गर्न लागेकाे बताइएकाे छ ।

 

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

 

प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...