पूर्वमिस नेपालसँग जोडी बाँध्दै विराज भट्ट



हाम्रो इकोनोमि

 

नायक विराज भट्ट लामो समयको विश्रामपछि अब फेरि अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् ।

विराज भट्टले आफ्नो फिल्मी करियरमा पहिलोपटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् ।

करिब दुई दशक लामो आफ्नो फिल्म करिअरमा उनले फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा हात हाल्न लागेका हुन् ।

शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै विराजले उक्त फिल्मको घोषणा गरेका हुन् ।

वैशाखको २४ गतेबाट छायांकनमा जाने यस चलचित्रलाई करिब ५० दिनमा सक्ने विराजले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

चलचित्र ‘साङ्लो’मा विराजको जोडीको रुपमा पूर्वमिस नेपाल निकिता चण्डकलाई अनुबन्धित गरिसकेको छ ।

उक्त फिल्ममा विराज र निकितासंग कामेश्वर चौरासिया, अमित गिरीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन तथा लभ स्टोरी कथामा आधारित रहेर यो चलचित्र निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...