पूर्वमिस नेपालसँग जोडी बाँध्दै विराज भट्ट



हाम्रो इकोनोमि

 

नायक विराज भट्ट लामो समयको विश्रामपछि अब फेरि अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् ।

विराज भट्टले आफ्नो फिल्मी करियरमा पहिलोपटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् ।

करिब दुई दशक लामो आफ्नो फिल्म करिअरमा उनले फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा हात हाल्न लागेका हुन् ।

शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै विराजले उक्त फिल्मको घोषणा गरेका हुन् ।

वैशाखको २४ गतेबाट छायांकनमा जाने यस चलचित्रलाई करिब ५० दिनमा सक्ने विराजले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

चलचित्र ‘साङ्लो’मा विराजको जोडीको रुपमा पूर्वमिस नेपाल निकिता चण्डकलाई अनुबन्धित गरिसकेको छ ।

उक्त फिल्ममा विराज र निकितासंग कामेश्वर चौरासिया, अमित गिरीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन तथा लभ स्टोरी कथामा आधारित रहेर यो चलचित्र निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...