राष्ट्रपति भण्डारी बेलायती महारानी हो : देउवा



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पालामा भएका सबै कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले दाबी गरेको बताएका छन् । आइतबारदेखि संघीय संसदको प्रतिनिधि सभामा सुरु भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागीता जनाउँदै देउवाले त्यसो भनेका हुन् ।

 

सामाजिक सुरक्षा कार्यक्रम, नेपालको आफ्नै भू उपग्रह, भेरी बबई डाइभर्सनलगायतका कार्यक्रम आफू नेतृत्वको सरकारले सफल बनाएका आयोजना रहेको दाबी गर्दै उनले यसमा ओली सरकारको दाबीलाई ‘बकमफुस्से’ भनेका छन् ।

 

सरकारले शान्ति सुरक्षा, महिलाविरुद्धका हिंसा न्युनिकरणका लागि कुनै ठोस कार्यक्रम नल्याएको बताएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि विवादमा ल्याएको बताए । उनले भने,‘बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई उभ्यायो ।’

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...