लिबियामा ३ सय ९२ को मृत्यु



हाम्रो इकोनोमि

 

लिबियामा सरकार र विद्रोही सेनाबीच भएको युद्धमा परी ३ सय ९२ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ ।

साथै १ हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ ।

डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...