प्रेस स्वतन्त्रतामा आशंका नगर्न मन्त्री बास्कोटाको सुझाव



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यमले कम्युनिस्ट सरकारलाई लोकतन्त्रविरोधी देखाउन खोजेको गुनासो गरेका छन् ।

 

लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै सञ्चार माध्यामप्रति गुनासो गरेका हुन् ।

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहोर्‍याए ।

 

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न पनि सबैलाई आग्रह गरे । सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढन प्रतिवद्ध रहेको पनि मन्त्री बास्कोटाले बताए । कार्यक्रममा मन्त्री बास्कोटाले दक्षिण एशीयाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...