अभिनेता भुवन केसी र जिया केसी लिभिङ टुगेदरमा



हाम्रो इकोनोमि

 

अभिनेता भुवन केसी र जिया केसी लिभिङ टुगेदरमा छन् भन्ने हल्ला अब नौलो रहेन । केही वर्षदेखि यो चर्चित लभ बर्ड भुवनको पुरानो बानेश्वरस्थित घरमा बस्दै आएको बताइन्छ ।

यद्यपि लिभिङ टुगेदर र प्रेमसम्बन्धका बारेमा न भुवन केही बोल्छन्, न जिया नै मुख खोल्छिन् । गुपचुप रूपमा डेटिङमा रमाइरहेको यो जोडीको सम्बन्ध नेपाली फिल्मी बजारमा छताछुल्ल फैलिएको छ ।

साथी मात्र हौं भन्दै पन्छिने जिया र भुवनले देश–विदेशको भ्रमण सँगै गरे पनि किन आफ्नो सम्बन्धलाई साथीको नाम मात्र दिइरहेका छन्, त्यो उनीहरूलाई मात्र थाहा छ ।

डेटिङमा मस्त

भुवन र जियाले आफूहरूबीचको सम्बन्ध लुकाउन हदैसम्मको प्रयास गरें, तर त्यो सधैं सम्भव हुने कुरा थिएन । चलचित्र ‘कृ’ को एउटा गीतको छायांकनका लागि स्कटल्यान्ड जाँदा भुवनले जियालाई पनि सगैं लगेका थिए । एयरपोर्टमा जियालाई केही समय लुकाउन खोजे पनि मिडियाले देखेपछि भुवनले बाध्य भएर जियालाई आफूतिर ल्याएर सँगै तस्बिर खिचाए । केही समयअघि फान एवार्डमा जिया र भुवन एकसाथ देखिए । यसअघि चलचित्र ड्रिम्सको छायांकनका बेला जिया पोखरा पुगेकी थिइन् ।

भुवन हालसालै जियालाई लिएर चलचित्र क्याप्टेनको लोकेसन खोज्न सिक्किम पुगेर थिए । पछिल्ला घटनाक्रमहरूबाट भुवन र जियाको सम्बन्ध कति नजिक छ, अनुमान लगाउन गाह्रो पर्दैन । मित्रता गाँसिएसँगै भुवन र जिया नेपालका धेरै ठाउँ पुगेका छन् । यद्यपि जहाँ पुगे पनि यो जोडीले सँगै तस्बिर खिचाएर फेसबुकमा राखे पनि प्रेम सम्बन्धमा परेको कुरा भने सार्वजनिक गरेका छैनन् ।

जियाले भुवन र अनमोलसँगका आफ्ना तस्बिर सेयर गरिरहेकी छिन् भने भुवन पनि बेलामौकामा जियासँगका तस्बिर सेयर गरिरहेका हुन्छन् । जियाले भुवन र अनमोलसम्बन्धी समाचारहरू निरन्तर सेयर गरेर परिवारकै सदस्य हुँ भन्ने झझल्को दिइरहेकी छिन् सामाजिक सञ्जालमा पनि । जिया र भुवन कैयौं पटक सँगै चलचित्र हेर्न पुगेका छन् । यो जोडीसँगै काठमाडौंका विभिन्न गजल रेस्टुराँदेखि लिएर अन्य समारोहसम्म पुगेको पाइन्छ ।

जियाको बढ्दो भूमिका

जिया भुवनको परिवारलाई आफ्नो हातमा लिन खोजिरहेकी छिन् । उनले भुवनपुत्र अनमोल केसीका लागि अभिनेत्री छनौट गर्नेदेखि मिडियासँग सम्बन्ध बनाउने कुरामा समेत भूमिका निर्वाह गर्दै आएको पाइन्छ । धेरैलाई थाहा नहुन सक्छ, चलचित्र ‘ड्रिम्स’ की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जियाले नै रोजेकी थिइन् । अनमोल अहिले चलचित्र ‘क्याप्टेन’ मा व्यस्त छन् । यो चलचित्रका लागि दुई जना नव–अभिनेत्री फाइनल गरिएको छ, जसमा उपासनासिंह ठकुरी तथा प्रियंका एमभी छन् । यी दुवै अभिनेत्री पनि जियाले नै खोजेकी हुन् ।

उनले इन्स्टाग्राममा तस्बिर देखेपछि आफैंले उपासना र प्रियंकासँग कुराकानी गरेकी थिइन् । उपासनाले केही समयअघि कुरा गर्दै भनेकी थिइन्, ‘मलाई चलचित्र खेल्छु भन्ने लागेको थिएन, तर जिया दिदीले मेरो तस्बिर इन्स्टामा देखेपछि बोलाउनुभयो । उहाँले चलचित्रमा काम गर्न प्रोत्साहित गर्नुभयो र म तयार भएँ ।’ अर्की अभिनेत्री प्रियंकाको खोजी पनि जियाले नै गरेकी हुन् । जियासँग कुरा भएपछि प्रियंका यो टिमसँग जोडिएकी थिइन् । यो मामिलामा जियाको रोजाइलाई नै भुवन र अनमोलले सदर गरेका हुन् ।

स्वीकार गर्न किन गाह्रो ?

भुवन र जियाको मित्रता गाँसिएको लामै समय भैसकेको छ । फेसबुकमा जिया र भुवनका टन्नै तस्बिर सेयर भैसकेका छन् । उनीहरू देशविदेश सँगै घुमेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा सँगै पुगेका छन् । मिडियाले उनीहरूका बारेमा प्रशस्त समाचार तथा गसिप सार्वजनिक गरिरहेका छन् । अनलाइन, युट्युब तथा पत्रपत्रिकामा उनीहरूको सम्बन्धलाई लिएर अनेकन् खबर छापिएका छन्, तर उनीहरू आफैंले भने ती समाचारमा कुनै ध्यान दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...