अभिनेता भुवन केसी र जिया केसी लिभिङ टुगेदरमा



 

अभिनेता भुवन केसी र जिया केसी लिभिङ टुगेदरमा छन् भन्ने हल्ला अब नौलो रहेन । केही वर्षदेखि यो चर्चित लभ बर्ड भुवनको पुरानो बानेश्वरस्थित घरमा बस्दै आएको बताइन्छ ।

यद्यपि लिभिङ टुगेदर र प्रेमसम्बन्धका बारेमा न भुवन केही बोल्छन्, न जिया नै मुख खोल्छिन् । गुपचुप रूपमा डेटिङमा रमाइरहेको यो जोडीको सम्बन्ध नेपाली फिल्मी बजारमा छताछुल्ल फैलिएको छ ।

साथी मात्र हौं भन्दै पन्छिने जिया र भुवनले देश–विदेशको भ्रमण सँगै गरे पनि किन आफ्नो सम्बन्धलाई साथीको नाम मात्र दिइरहेका छन्, त्यो उनीहरूलाई मात्र थाहा छ ।

डेटिङमा मस्त

भुवन र जियाले आफूहरूबीचको सम्बन्ध लुकाउन हदैसम्मको प्रयास गरें, तर त्यो सधैं सम्भव हुने कुरा थिएन । चलचित्र ‘कृ’ को एउटा गीतको छायांकनका लागि स्कटल्यान्ड जाँदा भुवनले जियालाई पनि सगैं लगेका थिए । एयरपोर्टमा जियालाई केही समय लुकाउन खोजे पनि मिडियाले देखेपछि भुवनले बाध्य भएर जियालाई आफूतिर ल्याएर सँगै तस्बिर खिचाए । केही समयअघि फान एवार्डमा जिया र भुवन एकसाथ देखिए । यसअघि चलचित्र ड्रिम्सको छायांकनका बेला जिया पोखरा पुगेकी थिइन् ।

भुवन हालसालै जियालाई लिएर चलचित्र क्याप्टेनको लोकेसन खोज्न सिक्किम पुगेर थिए । पछिल्ला घटनाक्रमहरूबाट भुवन र जियाको सम्बन्ध कति नजिक छ, अनुमान लगाउन गाह्रो पर्दैन । मित्रता गाँसिएसँगै भुवन र जिया नेपालका धेरै ठाउँ पुगेका छन् । यद्यपि जहाँ पुगे पनि यो जोडीले सँगै तस्बिर खिचाएर फेसबुकमा राखे पनि प्रेम सम्बन्धमा परेको कुरा भने सार्वजनिक गरेका छैनन् ।

जियाले भुवन र अनमोलसँगका आफ्ना तस्बिर सेयर गरिरहेकी छिन् भने भुवन पनि बेलामौकामा जियासँगका तस्बिर सेयर गरिरहेका हुन्छन् । जियाले भुवन र अनमोलसम्बन्धी समाचारहरू निरन्तर सेयर गरेर परिवारकै सदस्य हुँ भन्ने झझल्को दिइरहेकी छिन् सामाजिक सञ्जालमा पनि । जिया र भुवन कैयौं पटक सँगै चलचित्र हेर्न पुगेका छन् । यो जोडीसँगै काठमाडौंका विभिन्न गजल रेस्टुराँदेखि लिएर अन्य समारोहसम्म पुगेको पाइन्छ ।

जियाको बढ्दो भूमिका

जिया भुवनको परिवारलाई आफ्नो हातमा लिन खोजिरहेकी छिन् । उनले भुवनपुत्र अनमोल केसीका लागि अभिनेत्री छनौट गर्नेदेखि मिडियासँग सम्बन्ध बनाउने कुरामा समेत भूमिका निर्वाह गर्दै आएको पाइन्छ । धेरैलाई थाहा नहुन सक्छ, चलचित्र ‘ड्रिम्स’ की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जियाले नै रोजेकी थिइन् । अनमोल अहिले चलचित्र ‘क्याप्टेन’ मा व्यस्त छन् । यो चलचित्रका लागि दुई जना नव–अभिनेत्री फाइनल गरिएको छ, जसमा उपासनासिंह ठकुरी तथा प्रियंका एमभी छन् । यी दुवै अभिनेत्री पनि जियाले नै खोजेकी हुन् ।

उनले इन्स्टाग्राममा तस्बिर देखेपछि आफैंले उपासना र प्रियंकासँग कुराकानी गरेकी थिइन् । उपासनाले केही समयअघि कुरा गर्दै भनेकी थिइन्, ‘मलाई चलचित्र खेल्छु भन्ने लागेको थिएन, तर जिया दिदीले मेरो तस्बिर इन्स्टामा देखेपछि बोलाउनुभयो । उहाँले चलचित्रमा काम गर्न प्रोत्साहित गर्नुभयो र म तयार भएँ ।’ अर्की अभिनेत्री प्रियंकाको खोजी पनि जियाले नै गरेकी हुन् । जियासँग कुरा भएपछि प्रियंका यो टिमसँग जोडिएकी थिइन् । यो मामिलामा जियाको रोजाइलाई नै भुवन र अनमोलले सदर गरेका हुन् ।

स्वीकार गर्न किन गाह्रो ?

भुवन र जियाको मित्रता गाँसिएको लामै समय भैसकेको छ । फेसबुकमा जिया र भुवनका टन्नै तस्बिर सेयर भैसकेका छन् । उनीहरू देशविदेश सँगै घुमेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा सँगै पुगेका छन् । मिडियाले उनीहरूका बारेमा प्रशस्त समाचार तथा गसिप सार्वजनिक गरिरहेका छन् । अनलाइन, युट्युब तथा पत्रपत्रिकामा उनीहरूको सम्बन्धलाई लिएर अनेकन् खबर छापिएका छन्, तर उनीहरू आफैंले भने ती समाचारमा कुनै ध्यान दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अवान्छित गतिविधिप्रति एमालेको ध्यानाकर्षण

    राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि

यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ