काठमाडौंमा नै पस्यो डरलाग्दो ‘फानी’ चक्रवात, हुरीबतास सहित चट्याङ
काठमाडौंसहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् । शुक्रबार बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविदहरूले जनाएका छन ।
भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको छ । यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ ।
बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात नेपालमा नआउने भएपनि यसको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविदले सुझाव दिएका छन् ।
डरलाग्दो ‘फानी’ चक्रवात नेपाल पस्यो, मौसमविद्ले दिए यस्तो चेतावनी
बंगालको खाडीमा बनेको चक्रवाती तुफान ‘फानी’ केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने मौसमविद्हरुले जनाएका छन् । फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा शुरु भइसकेको छ ।
तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने Land fall सम्भावना देखिन्छ । Land fall पश्चात यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने जनाइएको छ ।
मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रति घण्टादेखि १८५ किलोमिटर प्रति घण्टासम्म हुन सक्नेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्ने जनाइएको छ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्ने छ । त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ ।

यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ । चक्रवातको असर नेपालको मध्य र पूर्वी भागमा देखिन सक्ने जनाइएको छ । यसैले सचेततता अपनाउन आग्रह गरिएको छ ।
ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले उद्धार तथा राहतका लागि पूरा पूर्व तयारीका साथ सरकार बसेको बताएका छन् ।
पछिल्ला केही दिनहरुमा नेपालको मौसम बिग्रँदै गएको छ । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले नेपालमा हुरीबताससहित वर्षा केही दिनदेखि हुँदै आएको छ ।
यसपटक अन्य वर्षको तुलनामा धेरै असिना पानी, चट्याङ र हुरी चलेको छ । बुधबार साँझ देशभर शक्तिशाली हुरीबतास चलेको थियो । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा आज बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्को अनुमान रहेको छ ।
बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको छ ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले बिहीबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले डराउनुपर्ने अवस्था नभए पनि सावधानी आवश्यक भएको बताएका छन् ।
बंगालको खाँडीबाट उत्पन्न आँधीको अब ३ दिन नेपालभरीपनि असर, सचेत रहन यस्तो सूचना जारी
भारतको बंगालका सक्रिय हानी सामुद्रीक आँधीको डरलाग्दो असर नेपालमा देखिने भएको छ । आज बेलुकीतिर डरलाग्दो हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ । यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ ।

चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् । चक्रवात “फानी” हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ र बिस्तारै उत्तर-पूर्वी दिशातर्फ बढिरहेको छ ।

(शुक्रबार) बाट यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ । Landfall पश्चात यो प्रणाली फेरी उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।
उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।साथै देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।यस्तो छ मौसम विवरण

बैशाख २० गते (शुक्रबार) दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ । रातिस् देशभरि सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
बैशाख २१ गते (शनिबार) दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु(भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।
राति: देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पुर्वी भु-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।


