१० फोटोमा हेर्नुहोस् क्युट आलिया भट्टको हट एण्ड बोल्ड अन्दाज (फोटो फिचर)



हाम्रो इकोनोमि

 

 

 

आलिया भट्ट भारतीय चलचित्र क्षेत्रकी एक बहु-प्रसिद्ध अभिनेत्री हुन् । उनको जन्म भारतको मुम्बईमा भएको थियो। भट्ट परिवारमा जन्मिएकी आलिया, प्रसिद्ध चलचित्र निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदनकी पुत्री हुन् ।

 

सन् १९९९ मा ‘सङ्घर्ष’ नामक चलचित्रमा बाल-कलाकारको रूपमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ चलचित्रमा पहिलोपटक मुख्य भुमिका निभाएकी थिइन् । जुन चलचित्रलाई करन जोहरले निर्देशन गरेका थिए । करन जोहरको कलाकक्ष (स्टुडियो) – धर्मा प्रोडक्सन सँग सहकार्य गर्दै उनले केही प्रमुख चलचित्रमा मुख्य भुमिका निभाइन् ।

 

जस अन्तर्गत ‘२ स्टेट्स’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपुर एण्ड सन्स’, ‘डियर जिन्दगी’ र ‘बद्रीनाथ की दुल्हनिया’ पर्दछन् । यिनै चलचित्रको व्यवसायिक सफलताका कारण उनी बलिउडमा स्थापित भइन् । हाइवे फिल्ममा गरेको गम्भिर र भावनात्मक प्रस्तुतीका कारण उनले समालोचनात्मक प्रसंशा पाइन् र फिल्मफेयर क्रिटिक्स अवार्ड जितिन् । त्यस्तै अपराधिक नाटक “उड्ता पन्जाब” मा गरेको प्रदर्शनका कारण उनले उत्कृष्ट अभिनेत्रीका लागि दिइने फिल्मफेयर अवार्ड जितेकी थिइन् ।

 

सन् २०१८ मा, राजी फिल्ममा उनले एउटा जासुसको भुमिका निभाइन जुन फिल्म मुख्य पात्र महिला भएका फिल्ममध्येमै सबैभन्दा धेरै व्यवसायिक सफलता हाँसिल गर्न सफल बन्यो । कलाकारिताका अलावा, आलियाले आफ्नै कपडा र हाते-झोलाको व्यवसायिक क्षेत्रमा पनि कदम चालेकी छन् र “को-एक्जिष्ट” नामक पर्यावरणीय योजनाको सुरूवात गरेकी छन् । यसका साथै उनले आफु अभिनित चलचित्रहरूमा जम्मा ६ वटा गीत पनि गाएकी छन् जसमा “सम्झावन अनप्लग्ड” (२०१४) पनि पर्छ ।

उनको ‘कलंक’ फिल्म केही दिन मै रिलीज हुन गइरहेको छ ।

हेर्नुहोस् उनै स्वीट आलियाका केही हट एण्ड बोल्ड तस्बिरहरूः

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...