सिँउदो रंगाउने कुनै मर्द भेटिएन, नजिक आएपछि लुगलुग काम्छन् ! – दीपाश्री



हाम्रो इकोनोमि

 

दीपाश्री निरौला वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो । हास्य कलामा एकछत्र राज गरेकी निरौलालाई एउटा प्रश्नले जहिले पनि पछ्याइरहेको हुन्छ ।

 

 

उनलाई जहिले पनि विवाह, श्रीमान र ब्वाइफ्रेण्ड जस्ता प्रश्नले दिक्दारी र आनन्ददायिक बनाउँछ । जीवनको आधा समय विताइसकेकी दिपा अविवाहित अभिनेत्री हुन् । उनको सुन्दर कला शैली नेपाली समाजमा राम्रैसँग भिजेको छ ।

 

मुटुभित्र बसेको छ । तर दिपाको मुटुमा बसेर सिँउदो रंगाउने अवसर अहिलेसम्म कुनै मर्दले पाएन । ‘दिपाश्रीसँग विवाह गर्छु भन्दै दर्जनौ युवाहरु आउँछन् तर दिपासँग विवाह गर्न कोही आउँदैन’ कटाक्ष गर्दै दिपाले भनिन् ‘म चलचित्रबाट कमेडियन बने, यही क्षेत्रमा २५ बर्ष विताइसकेकी छु । विवाहलाई भन्दा कामलाई बढि प्राथमिकता दिएका कारण मेरो जीवनमा यो अबसर जुट्न सकेन ।’

 

करियरलाई प्राथमिकता दिएका कारण आफ्नो विवाह नभएको उनी बताउँछिन् । विवाहपछि कलाक्षेत्रका ब्यक्तिहरु ओझेलमा पर्दै आएका छन् । विशेषगरी केटाभन्दा केटीहरु बढि ओझेलमा परेका छन् ।

 

विवाह भएको भए साहदे २५ बर्ष यो क्षेत्रमा विताउन दिपाश्रीका लागि पनि कठिन नै हुन्थ्यो होला । उनी पछिल्लो समय चलचित्र निर्देशन तथा निर्माणमा व्यस्त छिन् । ठट्यैली पारामा उनी भन्छिन् । यो दिपाको सिउँदो रंग्याउने कुनै मर्द भेटिएन । नजिक आएपछि लुगलुग काम्छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...