आज यस वर्षकै डरलाग्दो बन्दै मौसम, मौसमविद्ले दिए यस्तो चेतावनी
पछिल्ला केही दिनहरुमा नेपालको मौसम बिग्रँदै गएको छ । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले नेपालमा हुरीबताससहित वर्षा केही दिनदेखि हुँदै आएको छ ।
यसपटक अन्य वर्षको तुलनामा धेरै असिना पानी, चट्याङ र हुरी चलेको छ । बुधबार साँझ देशभर शक्तिशाली हुरीबतास चलेको थियो । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा आज बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्को अनुमान रहेको छ ।

बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको छ ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले बिहीबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले डराउनुपर्ने अवस्था नभए पनि सावधानी आवश्यक भएको बताएका छन् ।
बंगालको खाँडीबाट उत्पन्न आँधीको अब ३ दिन नेपालभरीपनि असर, सचेत रहन यस्तो सूचना जारी
भारतको बंगालका सक्रिय हानी सामुद्रीक आँधीको डरलाग्दो असर नेपालमा देखिने भएको छ । आज बेलुकीतिर डरलाग्दो हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ । यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ ।

चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् । चक्रवात “फानी” हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ र बिस्तारै उत्तर-पूर्वी दिशातर्फ बढिरहेको छ ।

भोलि (शुक्रबार) बाट यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ । Landfall पश्चात यो प्रणाली फेरी उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।
उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि (शुक्रबार) र पर्सि (शनिबार) मौसम केहि प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।साथै देशको पश्चिमी क्षेत्रमा भोलि (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।यस्तो छ मौसम विवरण
बैशाख १९ गते (विहिबार) स्दिउँसोः देशको पश्चिमी भु-भाग र पुर्वी भु-भाग लागायत मध्य पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ ।

पश्चिमी भूभाग साथै पुर्बी भु-भागका केहि स्थानमा र मध्य पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ । रातिस् देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।
बैशाख २० गते (शुक्रबार) दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ । रातिस् देशभरि सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
बैशाख २१ गते (शनिबार) दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु(भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।
राति: देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पुर्वी भु-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।


