बजेट पछी सुरेन्द्र पाण्डेले पाउने भए अर्थमन्त्रालयको चाबी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी ओलीले नयाँ आर्थिक बर्षको सुरुवात सँगै मन्त्रीमण्डल हेरफेरको तयारी गरेको बुझिएको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र आफुले विश्वास गरेर जिम्मेवारी दिएका मन्त्रीहरुनै कता कता रुमलिएको निष्कर्षमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको स्रोतको दावी छ ।

 

यस अघि नै मन्त्री हेरफेरको चर्चा चले पनि केहि समयका लागी स्थगित भएको थियो । चालु आर्थिक बर्षको मध्यमा मन्त्री हेरफेर गर्दा सरकारको पर्फमेन्समा त्यसले असर पार्न सक्ने भन्दै ओली पचण्ड पछि हटेका थिए । यस अघि प्रचण्डले पटक पटक मन्त्री हेरफेर हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

 

स्रोतका अनुसार केहि मन्त्रीलाई टिम बाटै आउट र केहिलाई सरुवा गरेर भएपनि सरकारको कामलाई प्रभावकारी बनाउँनु पर्ने ओली प्रचण्डको साझा निष्कर्ष रहेको छ । आउट हुने पहिलो लिस्टमा उधोग मन्त्री मात्रिका यादव र भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ रहेका छने भने गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको पनि खतराको घण्टी बजेको छ ।

 

पार्टी भित्र आफ्नो छुट्टै बलियो गुट बनाएर बसेका गृहमन्त्री थापालाई हटाइहाल्न त्यति सजिलो नदेखे पछि उनलाई सरुवा गरेर भएपनि गृहमन्त्री बाट हटाउने तयारी गरिएको बुझिएको छ । उधोगमन्त्री यादव र भौतिक पुर्वाधार मन्त्री महासेठ भने मन्त्री पद जानेमा मानसिक रुपमा तयार देखिन्छन् । उनिहरुले सार्वजनिक रुपमानै आफु लामो समय मन्त्री पदमा बस्न नपाउँने संकेत गरिसकेका छन् ।

 

 

यता मन्त्री बनाइँदै धेरैको अरुचिकर पात्र बनेका अर्थमन्त्री युवराज खतिवडालाई पनि हटाउन प्रधानमन्त्री ओली माथि दवाव परेको छ । ओली अहिले पनि खतिवडा माथि पर्ख र हेरको अवस्थामा छन् भने खतिवडा को पक्षमा बोलिदिने नेकपामा ओली बाहेक सबै सकिएका छन् । प्रधानमन्त्री ओली खानेपानी मन्त्री विना मगर लाई पनि जतिसक्दो छिटो बिदा गर्न चाहन्छन् तर प्रचण्डको बुहारी भएका कारण त्यसो गर्न ओलीलाई गारो हुने बुझीएको छ ।

 

विश्वस्त स्रोतका अनुसार प्रचण्डको गृहजिल्लाका सांसद पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्री बनाउँने हो भने विनालाई मन्त्री बाट फिर्ता बोलाउँन प्रचण्ड तयार रहेका छन् । खाली रहेको संस्कति पर्यटन तथा नागरिक उडेयन मन्त्रालयमा प्रचण्ड योगेश भट्टराईलाई मन्त्री बनाउँन चाहन्छन् भने ओलीले पार्वत लाई मन्त्री बनाउँने वचन दिएको स्रोतको दावी छ । अव लगत्तै लोकप्रीय बजेट ल्याएर मन्त्रीमण्डल हेरफेर गरेर भएपनी सरकारको गियर बढाउँने निष्कर्षमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...