चौधरी ग्रुपको लगानी रहेको नविल बैंकमा कालोधनको कारोबार



 

 

विश्वको धनीको रुपमा नाम लेखाएको कम्पनी चौधरी ग्रुपको लगानीमा सञ्चालन भएको नविल बैंकमा कालोधनको कारोबार हुने गरेको पछिल्लो पटकका घटनाले प्रष्ट भएको छ । अर्वपति विनोद चौधरीको स्वामित्व रहेको सो बैंकमा शंकास्पद रकम यसअघिपनि आएको र सो अबैध कार्याले तीब्रता पाउदै आउदा समेत नेपाल राष्ट्र बैंक बेखबर बनेर बसेको छ । सो बैंकका कर्मचारी एंव व्यवस्थापकहरुकै मिलेमतोमा त्यहाँ शंकास्पद् रकमको कारोवार हुदै आएको पाईएको छ ।

 

बैंककै सेटिङमा ग्राहकको खातामा कालोधन राखिदिने र खातावालाले गुनासो नगरेसम्म अबैधरुपमा चलाउने गरेको पाईएको हो। यदी राष्ट्र बैंकले कारबाही गरेको खण्डमा खातावालालाई कारबाही गर्ने गरी गएको केही दिनअघि यस्तै कालोधन खातावालाको अकाउण्टमा राखिदिएपछि सो रह¥य बाहिर आएको हो । बैंकले स्रोत नखुलेको पैसा ल्याउने र पैसा ट्रान्सफर गर्ने धन्दा सो बैंकमा चलिरहेको पर्दाफास भएको छ ।

 

यस अगाडि नवधनाढ्य अजेयराज सुमार्गीको खातामा शंकास्पद् रकम थुप्रिएझैं एक खातावालको खातामा रातारात २३ अर्ब रकम थुप्रिएपछि यस्तो धन्दाको पर्दाफास भएको हो । हालै यस्तै शंकास्पद् रकम खातामा थुप्रिदा जल तथा वातावरण विज्ञ डा. सन्तोष नेपालले हैरानी समेत खेप्नुपरेको थियो । उनको खातामा २३ अर्ब रकम आएको सूचना मोवाईलमा म्यासेज आएपछि नेपाल रणभुल्लमा परेका थिए ।

 

यसरी एकाएक अबैध रकम आप्mनो खातामा आएको सूचना आएसंगै उनले बैंकका व्यवस्थापक तथा कर्मचारीहरुलाई अनुनय विनय गरी रकम फिर्ता त गराए तर सो रकम कस्को हो र कहाँबाट सो बैंकमा आयो भन्ने प्रश्नको उत्तर भने बैंकले दिन सकेको छैन । उनले सो अबैधधन्दाको सामाजिक सञ्जालमा पोष्ट गरेसँगै सो बैंकमा शंकास्पद् रकम आउने गरेको खुलाशा भएको हो । नविल बैंकले उनको खातामा २३ अर्ब ७५ करोड ९६ लाख ३३ हजार ७ सय ७६ रुपैयाँ ६२ पैसा राखिदिएको थियो । नेपालले भने,‘यत्रो पैसा चाहिँदैन तिम्रो अर्ब पैसा तिमी नै लैजाउ बरु मेरो खातामा भएको केही हजार रकम फिर्ता देउ भनेको थिएँ ।’

 

यसरी सूचना पाउनासाथ पैसा कहाँबाट मेरोमा आयो भनी बैंकलाई भन्दा पनि बैंक व्यवस्थापक आलटाल गरी बसेको समेत नेपालले बताए। उनका अनुसार आधा घण्टा भइसक्यो नविल बैंकको भाइले समस्या समाधान गरेनन् । विदेशबाट पैसा आएको हो सर भन्छन् । बल्ल बल्ल १ घण्टा फोनमा कुरा गरेपछि २३ अर्ब रुपैयाँ बैंकले फिर्ता लियो । सो बैंकमा ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व चौधरी ग्रुपसँग रहेको छ । त्यहाँका सञ्चालकका रुपमा अध्यक्ष शभ्भुप्रसाद पौड्याल छन भने वोर्ड सदस्यका रुपमा निर्वाणकुमार चौधरी छन् । यो बैंकको प्रमुख कार्यकारी अधिकृत भने अनिलकुमार शाह रहेका छन् ।

 

यसरी बैंकमै जडान गरेको प्रबिधिमै समस्या रहित रहेको समेत भेटिएको छ । यद्यपि बैंकले जडान गरेको सिष्टमबाटै कालोधनको कारोबार गर्दै आएको र सो बारे प्रश्न उठेमा सिष्टमका कारण समस्या भएको भन्दै बस्दै आएको छ । नबिल बैंकमा कालोधन आउने गरेको यसअघि पनि खुलाशा भएको थियो । केही ग्राहकको पैसा नै गायव हुने र कसैको खातामा हुँदै नभएको रकम जम्मा हुने गरेको घटनाहरु दोहिरदै आएको छ ।

 

विदेशबाट आउने कालोधनलाई कर्मचारीले व्यवस्थापन गर्न नसक्दा बैंकमा खाता खोल्ने सर्वसाधरणको खातामा जम्मा हुने गरेको पाइएको छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह आएपछि यस्ता घटनामा बृद्धि हुदै गएको छ । स्रोतका अनुसार बैंककै सेटिङमा ग्राहकको खातामा कालोधन ल्याउने र पैसा ट्रान्सफर गर्ने धन्दा नै नविल बैंकले चलाउदै आएको छ । तर, नियामक निकाय राष्ट्र बैंकले सो बारे कुनै प्रतिकृया दिन चाहेको छैन ।

 

सो सम्बन्धमा राष्ट्र बैंकमा सम्र्पक गर्दा नाम नलेख्ने सर्तमा एक निर्देशकले भने,‘यो एकदमै ठूलो अपरेशनल समस्या हो, यसलाई सामान्य कमजोरीका रूपमा लिन मिल्दैन, राष्ट्र बैंकको टोलीले अनुगमन गरेर एक्सन पनि लिनु पर्छ र यस्ता अबैध कार्य गर्नेमाथी कारबाही हुनु पर्छ ।’ राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार यति ठूलो रकम एउटा व्यक्तिको नाममा बिना जानकारी गयो भन्ने विषयले आँफै अचम्ममा परेको प्रतिकृया दिदै आएका छन् ।

 

उनले भनेका छन्,‘कहिलेकाहीं सानो ठूलो रकम तल माथि त भएको थियो तर यति ठूलो रकम व्यक्तिको नाममा गयो र फिर्ता भयो भन्ने विषयले आफू आश्चार्यमा पारेको छु, यस सम्बन्धमा राष्ट्र बैंकले अनुसन्धान गरी कारबाही गर्ने छ ।’ अर्कोतर्फ सो समस्या देखिना साथ नविल बैंकले नियामक निकाय राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेमा सो भने नगरेको केन्द्रीय बैंकले जनाएको छ ।

 

सो विषयमा बैंकको आईटी विभागमा कार्यरत कर्मचारीहरु भने यो खासै ठूलो समस्या नभएका बैंकका एकाउन्ट टाइप गर्दा सामान्य गल्ती भएर खातामा उक्त अंक देखिएको बताउदै आएका छन् । तर सो रकम कहाँबाट आयो भन्ने बारे भने बैंक मौन बसेको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत शाहले खातामा कतैबाट रकम आएको नभई अकाउन्ट टाइप गर्दा उक्त अंक देखिएको दाबी गरेका छन् । सिईओ शाहले भने झै मान्ने हो भने सो दिन नेपालको खाताको अकाउण्ट किन खोलियो किनकी त्यसदिन बैंकिङ कारोबार नगरेको अकाउण्ट नम्बर किन हानिया भन्नेबारे भने बैंक प्रसाशनले बोल्न चाहेको छैन ।( तिब्रखबरबाट रोशन कार्की )

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी