किन युवती बढी उमेरका पुरुषतर्फ आकर्षित हुन्छन् ?



हाम्रो इकोनोमि

 

अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ ।

बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् ।

कतिपय त दोब्बर उमेरका पनि ।

भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् ।

यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् ।

बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् । किन होला त ?

किन होला ?

उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ ।

तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ ।

अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ ।

त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ ।

हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् ।

यस्ता सम्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी सम्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् ।

कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो सम्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ ।

कुरा जब विवाहको हुन्छ तब यस्तो सम्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ ।

कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन ।

धेरै उमेरको अन्तर भएको प्रेमसम्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...