नेकपा एकताः पोलिटब्यूरो टुंगियो, जनवर्गिय संगठनमा मारामार (पोलिटब्यूरोमा को कता ? )



हाम्रो इकोनोमि

 

लामो समयको रस्साकस्सीपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपामा फेरी जनवर्गिय संगठन गाँठो परेको छ । वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुभन्दा अघि पोलिटब्यूरो सदस्यको टुंगो लागिसकेको छ । तरपनि जनवर्गिय संगठनको एकता टुंगिन सकेको छैन ।

 

१४७ पोलिटब्यूरोमा पूर्वमाओवादीबाट ६६ र पूर्व एमालेबाट ८१ जना रहने सहमति भइसकेको छ । सहमति अनुसार नै सचिवालय बैठकले पोलिटब्यूरोको टुंगो लगाएको हो । तर नाम भने सार्वजनिक गरिएको छैन । जनवर्गिय संगठनको एकता र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडबाट गरेपछि पोलिटब्यूरोको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 

पोलिटब्यूरो गठनमा नेकपाभित्रको समिकरण बदलिएको छ । पोलिटब्यूरो सदस्यमा पुष्पकमल दाहाल पक्षधर नेताहरु धेरै परेका छन् । दाहालका पक्ष ४९ केन्द्रीय सदस्यहरु पोलिटब्यूरो सदस्य बनेका छन् भने अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधर ३८ केन्द्रीय सदस्य पोलिटब्यूरो सदस्यमा चयन हुने भएका छन् ।

 

त्यसैगरी वरिष्ठ नेता माधव नेपाल पक्षधर ३६ जना नेताहरु पोलिटब्यूरो सदस्य बनेका छन् भने रामबहादुर थापा बादल पक्षका १०, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पक्षका ७/७ जना केन्द्रीय सदस्यहरु पोलिटब्यूरो सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...