किन भएन राजेश हमाल र मधुको बच्चा ? (हेरौँ मधुको २२ तस्बिर)



 

 

 

३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ ।

कहिल्यै बिबादमा नफस्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गरेका छन् ।

बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।

 

 

सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ ।

३ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त ?

हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।

 

हिजो तपाइहरुलेनै निरन्तर किने विहे भएन भने वाक्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तनावमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’

हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला । अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन होला ।

तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफुले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् ।

‘मधु र मेरो विचार अनुसार अहिले भ्रर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ’, हमालले भने ।

 

हमालले आफ्नो एकल निर्णयले दाम्पत्य जिवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनैपर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।’

 

पग्लिएन राजेश हमालको मन

 

बलिउडमा जस्तै नेपालमा पनि स्टारको क्रेज भन्दा कथा विक्न थालेको छ । यद्यपी राजेश हमाल यस्ता अभिनेता हुन् जसको क्रेज अहिले पनि उस्तै छ । आफुलाई लिएर काम गराउन खोज्ने निर्माताहरुलाई उनले विभिन्न कुरा सुनाएर फर्काउने गरेका छन् । हालै मात्रै एउटा विग ब्यानरको टिम हमाललाई भेट्न पुगेको थियो, तर हमालले यो चलचित्रको स्किृप्ट नपढेरै फर्काइदिएका छन् । यसअघि पनि उनले विभिन्न विग व्यानरका प्रस्ताव सुन्दै फर्काएका थिए ।

 

निर्णय लिन सकेनन्

 

चलचित्र बागमती र सकुन्तलापछि अभिनेता हमालले अन्य प्रोजेक्टमा काम गरेका छैनन् । उक्त चलचित्र छायाँकनका बेलामा जुन अपेक्षा गरेका थिए उनले, त्यो भन्दा भिन्न रिजल्ट आएपछि केहि बर्ष चलचित्रमा काम नगर्ने भन्दै बसेका थिए । उनले आफै चलचित्र निर्देशन गर्ने सोँच समेत रहेको बताउँदै आएका छन् । यो चलचित्रका लागी उनि आफै स्किृप्टमा समेत बसिरहेका छन् । हमालको हातमा अहिले एक दर्जन भन्दा धेरै चलचित्रका स्कृप्ट छन् । यद्यपी उनले कुनैपनि चलचित्रमा काम गर्न राजी छैनन् । विभिन्न चलचित्रका अफर आइरहेका छन्, स्क्रिप्ट पनि पढिरहेको छु, उनले भने, ‘पैसा कमाउनका लागी चलचित्रमा काम गर्ने मन छैन, काम गरिसकेपछि चलचित्र चलोस् भन्ने चाहना हो ।’ हमालले फ्लप चलचित्रपछि नयाँ चलचित्रमा काम गर्न धेरै पटक सोचिरहेका छन्, तर निर्णय लिन सकेका छैनन् ।

 

अझै २ बर्ष काम नगर्ने सम्भावना

 

२०७३ को भदौ १० मा प्रदर्शन भएको चलचित्र सकुन्तलापछि हमालले मनमनै एउटा निर्णय लिए, ‘५ बर्ष चलचित्रबाट बिश्राम लिन्छु ।’ उक्त चलचित्रपछि उनी सार्वजनिक कार्यक्रमहरु, देश–विदेश घुमघाममा व्यस्त भैरहेका छन् । प्रस्ताव आइरहेका राम्रा ब्यानरका चलचित्रलाई समेत हमालले एकाएक काम नगर्ने भन्दै तर्किएपछि यो कुरा बुझ्न खासै गाह्रो पर्दैन, महानायक हमाल अझैं २ बर्ष काम गर्दैनन् । यद्यपी उनले चित्त बुझ्ने किसिमका चलचित्र पाएको खण्डमा काम गर्न भने राजी रहेको बताउँछन् । चलचित्रबाट केहि समय विश्राम लिएपछि उनले अहिलेसम्म २ दर्जनको हाराहारीमा चलचित्रका स्क्रिप्ट पढिसकेका छन्, यद्यपी कुनैपनि चलचित्रका कथाले उनको मन पगाल्न सकेको छैन ।

 

हमालको चाहना के ?

 

भारतका महानायक अमिताभ बच्चनले आफु अभिनित चलचित्र धमाधम फ्लप भएपछि पाँच वर्ष विश्राम लिए । १९९२ देखि १९९६ सम्म विश्राम लिए उनले । १९९२ मा प्रदर्शन भएको चलचित्र खुदा गवाहको असफलतापछि केही वर्ष चलचित्रमा काम नगर्ने निर्णय लिए, तर उनलाई लिन चलचित्र निर्माताहरूको लाइन लागिरह्यो, अमिताभले उनीहरूको कुरा नसुनेजस्तो गरिदिए । तर १९९६ मा उनले आफ्नै ब्यानर एबीसीएलबाट चलचित्र तेरे मेरे सपने निर्माण गरे, यो चलचित्र सुपरडुपर हिट भयो भने १९९७ मा निर्माण गरेको चलचित्र मृत्युदाताले अभिताभको कमब्याकलाई सार्थक बनाइदियो । त्यसपछि अहिलेसम्म अमिताभले चलचित्रबाट अवकाश लिने कुरा सोचेका छैनन्, उनि अझै केहि वर्षका लागि पूर्ण रूपमा व्यस्त छन् । हमाल त्यही कुरा सम्झँदै भन्छन्, ‘वास्तवमा कुरा त्यस्तै–त्यस्तै किसिमको हो, अभिताभ जसरी केही वर्ष आफूलाई चलचित्रबाट टाढा राखेर नयाँ ढंगबाट प्रस्तुत हुनुभयो, त्यस्तै किसिमले मैले पनि अलिकति फरक ढगंवाट चलचित्रमा फर्कनुपर्छ कि भन्ने सोच बनाइरहेको छु ।’ हमाल थप्छन्, ‘वास्तवमा मैले समय सान्दर्भिक चलचित्र खोजिरहेको हुँ, मनले खोजेजस्तो कथा पाएको खण्डमा त केहि न केही निर्णय लिन सकिन्छ नि !’

 

चलचित्र प्रदर्शन भएका बेला होस् वा नभएका बेला, सधैं चर्चामा रहने नेपाली चलचित्रका नायक हुन् हमाल । २८ वर्षदेखि निरन्तर नेपाली चलचित्र उद्योगमा सुनिएका अभिनेता हमाललाई साना बच्चाबच्चीदेखि बूढापाका सबैले सहजै चिन्छन् । २०७३ सालसम्म उनी अत्यन्तै व्यस्त भए । हजारौं फ्यान कमाए । उनका चलचित्र हलमा लागेका छन् भन्ने सुन्नेबित्तिकै दर्शक ओइरिन्थे, तर केही वर्ष यता भने नेपाली दर्शकले उनको अभिनय स्क्रिनमा हेर्न पाएका छैनन् । निरन्तर चलचित्र पाइरहेका बेला एकैपटक किन उनले चलचित्र यात्रामा ब्रेक मारे ? धेरैमा चासो छ ।

 

चलचित्र यात्रा थालेदेखि हरेक वर्ष कुनै न कुनै चलचित्रमा देखिएका हमालले किन चलचित्रमा काम गर्न छाडिदिए ? अहिलेसम्म मिडियामा सामान्य गसिपबाहेक आधिकारिक धारणा आउन सकेको छैन । अभिनेता हमाल बूढा भए, त्यसैले चलचित्र पाएनन् भन्ने कतिपयको धारणा छ । हमाल अभिनीत चलचित्र चल्न छोडेपछि कुनै पनि निर्माताले उनलाई पत्याएनन् भन्ने चर्चा पनि चलचित्र बजारमा चल्ने गरेको छ । कतिपयले हमाल आफै चलचित्र निर्माण गर्न लागेका कारण अन्य निर्माताको चलचित्रमा काम गरेका छैनन् भन्ने अनुमानसमेत गरेका छन् ।

 

सबैका आ–आफ्नै किसिमका अनुमान र नानाथरीका हल्लाका बाबजुद अभिनेता हमालले यस विषयमा साप्ताहिकसँग रहस्य खोलेका छन् । आखिर कुरोको चुरो के हो त ? हमाल भन्छन्, ‘विभिन्न कारणले म आफैं चलचित्रमा नदेखिएको हुँ, सम्भवतस् अझै केही वर्ष चलचित्रमा आउँदिनँ ।’

 

अभिनेता हमालले अभिनय गरेका पछिल्ला दुई महत्वाकांक्षी चलचित्र थिए, बाग्मती र शकुन्तला । यी दुवै प्रोजेक्टले साह्रै निराश बनाए उनलाई । २०७३ को भदौ १० मा प्रदर्शनमा आएको चलचित्र शकुन्तला र २०७२ पुसमा प्रदर्शित चलचित्र बाग्मतीको असफलतासँगै हमालले आफ्नो चलचित्रको यात्रामा विराम लगाए र अलिकति नयाँ ढंगबाट अघि बढ्ने सोच बनाए । केही गम्भीर मुद्रामा कुरा अघि बढाउँछन् हमाल, ‘मैले अलिकति बढी नै आशा राखेका पछिल्ला दुवै चलचित्रले जुन खालको नतिजा दिए, त्यसपछि म अभिनयको कामबाट टाढा भएको हुँ, तर चलचित्र छोडेरै भागेको भने होइन ।’ राजेश हमाललाई लिएर चलचित्र निर्माण गर्न भन्दै अहिलेपनि विगतमा जस्तै नयाँ निर्मातादेखि पुराना निर्मातासम्म उनको घरको ढोका ढकढक्याइरहेका छन् । यद्यपि हमालले उनीहरूसँग विभिन्न कुरा गरेर अभिनय नगर्ने संकेत गर्ने गरेका छन् ।

 

भारतका महानायक अमिताभ बच्चनले आफ्ना चलचित्र धमाधम फ्लप भएपछि पाँच वर्ष विश्राम लिए— १९९२ देखि १९९६ सम्म । १९९२ मा प्रदर्शन भएको चलचित्र खुदा गवाहको असफलतापछि उनले केही वर्ष चलचित्रमा काम नगर्ने निर्णय लिए, तर उनलाई लिन चलचित्र निर्माताहरूको लाइन लागिरह्यो, अमिताभले उनीहरूको कुरा नसुनेजस्तो गरिदिए, तर १९९६ मा उनले आफ्नै ब्यानर एबीसीएलबाट चलचित्र तेरे मेरे सपने निर्माण गरे, यो चलचित्र सुपरडुपर हिट भयो भने १९९७ मा निर्माण गरेको चलचित्र मृत्युदाताले अभिताभको कमब्याकलाई सार्थक बनाइदियो । त्यसपछि अहिलेसम्म अमिताभले चलचित्रबाट अवकाश लिने कुरा सोचेका छैनन्, उनि अझै तीन वर्षका लागि पूर्ण रूपमा व्यस्त छन् यो उमेरमा पनि ।

 

हमाल त्यही कुरा सम्झँदै भन्छन्, ‘वास्तवमा कुरा त्यस्तै–त्यस्तै किसिमको हो, अभिताभ जसरी केही वर्ष आफूलाई चलचित्रबाट टाढा राखेर नयाँ ढंगबाट प्रस्तुत हुनुभयो, त्यस्तै किसिमले मैले पनि अलिकति फरक ढगंवाट चलचित्रमा फर्कनुपर्छ कि भन्ने सोच बनाइरहेको छु ।’ हमालको हातमा अहिले केही चलचित्रका स्क्रिप्ट छन्, जुन उनलाई अभिनय गराउन खोज्ने निर्माताहरूले पढ्न दिएका हुन् । ती निर्माताले जहिले राजेश हमालले चलचित्रमा काम गर्छु भन्ने संकेत गर्छन् त्यतिबेला चलचित्र निर्माण गरिहाल्नेछन् । झुर चलचित्र निर्माण भैरहेका बेला कहिलेकाहीं राम्रा चलचित्र पनि फेला पर्न सक्छन् भन्ने सोचअनुरूप केहि स्त्रिप्ट घरमा राखेको हुँ, हमाल भन्छन्, ‘वास्तवमा मैले समय सान्दर्भिक चलचित्र खोजिरहेको हुँ, मैले खोजेजस्तो कथा पाएको खण्डमा त केहि न केही निर्णय लिन सकिन्छ नि ।’

 

हमाल आफै चलचित्र निर्माण गर्ने तयारीअनुरूप चलचित्रको स्क्रिप्टमा समेत व्यस्त छन् । यो स्क्रिप्टको मोटामोटी ड्राफ्ट बनिसकेको र त्यसलाई पुनस् परिमार्जित गर्ने काम भैरहेको अभिनेता हमाल बताउँछन् । हमाल सकेसम्म आफ्नै होम प्रोडक्सनबाट दमदार चलचित्र बजारमा ल्याएर पुनस् नेपाली चलचित्रका दर्शकलाई नयाँ स्वाद चखाउने सोचमा छन् । पैसा कमाउनकै लागी अभिनय गरेजस्तो गर्ने रहर छैन, यदि पैसाकै पछि लागेको भए अहिले पनि मलाई दर्जनौं चलचित्रको अफर छ, हमाल आफ्ना बारेमा चलेका हल्लाका सम्बन्धमा भन्छन्, अहिले को बन्छ करोडपति शीर्षकको टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छु, म त्यही कामको तयारी र त्यसको मिटिङमा व्यस्त छु । अर्को कुरा, देशविदेशमा हुने सांस्कृतिक कार्यक्रम, स्टेज कार्यक्रम, विभिन्न युवाहरूलाई उप्रेरणात्मक कार्यक्रम, सभा, गोष्ठी आदिमा अतिथिका रूपमा पनि सहभागी भैरहेको छु । यिनै कारणले चलचित्रमा निरन्तर काम गरिरहेका बेलाको तुलनामा दोब्बर व्यस्त छन् हमाल । एक दिन पनि फुर्सद छैन, हमाल भन्छन्, ‘विदेश भएका बेला उतै व्यस्त भइन्छ, नेपालमा भएका बेला भेटघाट र देशविदेशका उच्च पदस्थका व्यक्तिहरूसँगको मिटिङले फुर्सद हुँदैन ।’ उनले हालसालै मात्र को बन्छ करोडपतिको प्रोमोको छायांकन सम्पन्न गरेका छन् ।

 

मिलेको अनुहार, राम्रो हाइट–जीउडाल, त्यसमाथि लोभलाग्दो हाँसोका कारण धेरैलाई दिवाना बनाएका हमाल भारतमा सर्वाधिक लोकप्रिय शो कौन बनेका करोडपतिको नेपाली फ्रेन्चाइजमा अभिताम बच्चनकै जस्तो भूमिका निर्वाह गर्दैछन् । यो शोबाट अभिनेता हमाल नेपालीहरूलाई करोडपति बनाउँदैछन् । उनले राम्रै पारिश्रमिक लिएर यो कार्यक्रमको होस्ट गरेका हुन् ।

 

करोडपति कार्यक्रम सञ्चालन गरेबापत कति लिएका छन् त हमालले ? लामो हाँसोका साथ राजेश भन्छन्, ‘यो शोबाट मैले पनि करोडौं रकम लिएको त होइन, तर आयोजकले मलाई अपेक्षा गरेजस्तै राम्रो पारिश्रमिक दिनुभएको छ ।’ झन्डै तीन दशक चलचित्र क्षेत्रमा क्रियाशिल हमालले अहिलेसम्म ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । हमाल भन्छन् , ‘राजेश हमालले अरू कुरा सोच्ला, तर रिटायर्ड लाइफका विषयमा कहिल्यै सोच्नेछैन ।’ नारी कान्तिपुरबाट साभार

 

 

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने