श्रमिकको अधिकार र सुरक्षाका लागि सरकार सक्रिय छ : अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रिय रहेकाे बताएका छन् । उन अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने पनि उल्लेख गरेका छन् ।

 

१३० औं विश्व मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘अबको लक्ष्य भनेको नै देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु हो । यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पुरा गर्न संगठित रुपमा एकतावद्ध भई अगाडि बढ्ने विश्वासका साथ पुनः एकपटक श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बधाई ज्ञापन गर्दछु ।’

 

सरकारले श्रमजीविको पक्षमा गरेका कार्यहरु बारे बताउँदै अध्यक्ष प्रचण्डले श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...