स्वाथ्यमा समस्या आएपछि राष्ट्रपति चीनबाट आजै फर्कंदै



हाम्रो इकोनोमि

 

चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आजै स्वदेश फर्किने भएकी छिन् । बिहीबार फर्कने तालिका भएपनि स्वाथ्यमा समस्या आएपछि उनी भ्रमण तालिका छोट्याएर एकदिन अघि नै स्वदेश फर्कन लागेकी हुन्।

 

उनी अहिले ल्हासामा छिन् । ९ दिने भ्रमणका लागि चीनमा रहेकी राष्ट्रपतिलाई हाइ अल्टिच्यूडले समस्या पारेको हो । अरु स्वास्थ्य समस्या भने नभएको उनका सल्लाहकार सुशील प्याकुरेलले बताए ।

 

राष्ट्रपति भण्डारी सछ्वान एयरलाइन्सबाट चिनियाँ समय १०ः५५ बजे नेपाल उड्ने भ्रमण टोलीमा रहेका राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले जानकारी दिए । उनी नेपाली समयअनुसार अहिले बिहान  १०ः०५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रने तालिका छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोली मंगलबार अपरान्ह ल्हासा पुगेको थियो । विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वू यिङचेसँग वार्तासहित रात्रीभोजमा उनी सरिक भएकी थिइन्। आज तिब्बत घुम्ने कार्यक्रम थियो। राष्ट्रपतिसँग गएका टोलीका बाँकी सदस्य भने बिहीबार मात्र फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...