एकिकरण ढिला हुँदा पार्टीको आन्तिरक जीवनमा ठूलो घाटा पुग्याे: नेता रावल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछामको अगुवा कार्यकर्ता भेला मंगलसैनमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शेरबहादुर कुँवरकाे अध्यक्षता एवम पार्टीका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भिम रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

 

कार्यक्रममा बाेल्दै नेता रावलले पार्टी एकिकरणकाे काम लामाे समयसम्म नटुङ्गिदा तत्काल ठुलाे असर नदेखिएपनि पार्टीको अान्तरिक जिवनमा ठुलाे घाटा भएको बताउनुभयो । अाफु हिडेकाे पाईला सम्झनै पर्ने भन्दै नेता रावलले कम्युनिस्ट पार्टीको बिगत देखीका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्नुपर्ने र कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्नुपर्ने बताउनुभयो । सबै प्रदेश र संघिय सरकारमा झन्डै दुईतिहाई कम्तिको अवसर नभएको रावलको भनाइ थियो ।

 

राष्ट्रियताका सवालमा, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा सबै नेता कार्यकर्ता जिम्मेवार बन्न अाग्रह समेत गर्नुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु हर्क बहादुर कुँवर, कुलबहादुर कुँवर, मिना साउँद, भरत साउँद, कृष्ण प्रसाद जैशी, सरस्वती रावल, मीन बहादुर कुँवर, बम बहादुर रावत, नन्द बहादुर कडायत, जोरा सिंह बिष्ट, गोबिन्द साउँद, केशर साउँद, नेता बम बहादुर बिसिले समसामयिक मन्तव्य राख्नुभएको थियो । मङ्गलसैन नगरपालिकाका मेयर पदम बहादुर बोहराले स्वागत मन्तव्य राख्नुभएको प्रशिक्षण कार्यक्रमको संचालन पार्टीका जिल्ला सचीव झपट साउदले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...