बिवाहकाे अघिल्लाे रात युवतीलाई तनाव हुने ५ कारण
हरेक युवतीलाई बिवाहको विषयलाई लिएर विभिन्न किसिमका कुरा मनमा खेल्छ । युवतीहरु बिवाहभन्दा पहिला आफ्नो पार्टनर र हनिमुनको बारेमा मात्र सोच्छन् भन्ने लाग्न सक्छ तर त्यस्तो कदापी होइन । अखिर के कारणले तनाव हुन्छ त युवतीहरुलाई ?
चाँडै त गरिरहेको छैन ?
बिवाहभन्दा एकरात पहिला केटीहरु कतै आफूले बिवाहको लागि हतार त गरिन भनेर सोच्छन् । उनीहरुलाई बिवाहपछि जिम्मेवारी लिन सक्दिन की भने चिन्ताले सताइरहेको हुन्छ ।
बिवाह गरेर जाने घरमा मलाइ अपनाउछन् कि अपनाउदैनन् ?
युवतीहरुको दिमागमा आफ्नो बिवाहको एक रात पहिला बिवाह गरेर जाने घरमा मलाइ स्वीकार्नुहुन्छ की स्वीकार्नुहुन्न भन्नेबारेमा सोचिरहेकी हुन्छिन् । के उनीहरुले मलाई मनैदेखि अपनाउछन् त ? युवतीहरुको दिमागमा आफूलाई राम्रोसँग सम्झिदिए हुन्थ्यो भन्ने सोचिरहेका हुन्छन् ।
जीवन साथी
युवतीहरुले आफ्नो जीवनसाथीले भविष्यको बारेमा कस्तो सोच्छ होला, जीवनभर उसँग बिताउन सकिन्छ कि सकिँदैन होला भन्नेबारेमा सोचिरहेका हुन्छन् । साथै उनीहरुले के यो जीवनसाथी जीवनभरको लागि ठिक छ त भन्ने कुरा पनि सोच्छन् ।
सेक्सलाई कसरी अस्वीकार गर्ने ?
युवतीहरु बिवाहको एकरात पहिला, पहिलो रातमै सेक्स गर्न आफूलाई असहज भएको कुरा कसरी बताउने भन्नेबारेमा चिन्ता गरिरहेकी हुन्छिन् । आफूले सेक्स प्रस्ताव अस्वीकार गर्दा पतिलाई माया नगरेको भन्ने भान हुन्छ की भन्ने विषयलाई लिएर पनि युवतीहरु चिन्तित हुनेगर्छन् ।
बिवाहमा हुने खर्च
बिवाहमा हुने खर्चको विषयमा पनि युवतीहरु तनाव लिइरहेका हुन्छन् । उनीहरुको मनमा मेरो बिवाहको कारणले बुवालाई कुनैपनि किसिमको बोझ नहोस् भन्ने चाहन्छन् । साथै उनीहरु आफ्नो बिवाहमा आवश्यकता भन्दा बढी खर्च त भइरहेको छैन भनी सोचिरहेका हुन्छन् ।
नेपाली मुलका यी हेण्डसम सँग प्रेममा परेपछी नेपालकी बुहारी बन्ने भइन अभिनेत्री श्रद्धा कपूर
बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वकसँग बिहे गर्ने भएकी छिन् । भारतीय मिडिया नवभारत टाइम्सकाअनुसार श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी छिन् । बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे ।
श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्न सक्छिन् । रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोराहुन् । बलिउड बबलका अनुसार श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी छिन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् ।
१२ जनावरसँग यौनक्रिया गर्नेलाई ४१ वर्षको जेल
यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो । कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन् ।
आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरुलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ ।
समाचार अनुसार ३१ वर्षका म्याथ्यू ब्रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ र ४१ वर्षका टेरी वालेसले अमेरिकाको पेनसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा यस्तो अपराध गरेका हुन् ।
अदालतमा उनीहरुले जनावरमाथि आफूहरुले यौन क्रियाकलाप गरेको स्वीकारेका छन् । तिनै जनाले गरेर जनावरहरुसँग १ हजारभन्दा धेरैपटक यौनक्रिडा गरेको बताइएको छ । उनीहरुले फार्ममा पालिएका जनावरहरुमाथि घिनलाग्दो काम गरेका रहेछन् । उनीहरुमाथि जनावरसँग सेक्स, जनावरमाथि हिंसा तथा बच्चाहरुलाई अपराधमा सामेल गराएको अभियोगमा सजाय सुनाइएको हो ।
अनौठो त के भने ती अभियुक्तहरुले जनावरसँग यौनक्रिया गरेको भिडियोसमेत बनाएर बेच्ने गरेका थिए । जनावर अधिकारकर्मीहरुले यो घटना जनावरमाथि यौन हिंसाको सबैभन्दा खराब घटना रहेको बताएका छन् । एजेन्सी
रणबीरसँगको ब्रेकअपबारे बोलिन् क्याट्रिना
बलिउड नायक नायिका प्रेममा पर्नु र ब्रेकअप हुनु सामान्य जस्तै हुन थालेको छ । दैनिक जसो नयाँ प्रेम जोडी बनेको र टुटेकोे चर्चा चलेसँगै यि घटना सामान्य लाग्न थालेको बताइन्छ ।
कतिपय प्रेम सम्बन्धहरु शुरु भएको र अन्त्य भएको नै थाहा हुँदैन भने केही सम्बन्धहरु अति चर्चित हुन्छ । यस्तै चर्चित सम्बन्ध थियो नायिका केटरीना कैफ र नायक रणबीर कपूरको ।
सुखद अन्त्य हुन नसकेको यस सम्बन्धबाट दुबैलाई मानसिक क्षति पुगेको बताइन्छ । यस सम्बन्धका कारण रणबीरलाई कतिपयले नराम्रो व्यक्तिको रुपमा चित्रित गरेपनी उक्त सम्बन्धको अन्त्य केटरीनाको कारण भएको खुलेको छ ।
केटरीनाले ब्रेकअप भएको धेरैपछि उक्त घटनाबारे बालेकी छिन् । उनले ब्रेकअपको पुरै जिम्मेबारी आफुले लिएको बताइन् । उनले आफु अघि बढ्न ब्रेकअप गुर्नपर्ने भएकाले आफुले रणबीरसँगको सम्बन्ध टुंग्याएको बताइन् ।
उनले आफ्नो सामु केही गम्भिर समस्या आएको तर त्यसको जिम्मेबार भने आफु नरहेको बताइन् । आफुले रणबीरको लागि धेरै गरेको केटरीनाले बताइन् र भनिन्, ‘उसले आफुलाई आफ्नो पहिचान दिलाउन नसक्ने भएकोले मैले सम्बन्धमा पूर्णविराम लगाएको हुँ ।’
केटरीनासँगको सम्बन्ध टुंगिएका रणबीर अहिले नायिका आलीया भट्टसँग प्रेम सम्बन्धमा आबद्ध छन् । छिट्टै नै उनीहरुको विवाह हुने हल्ला बाहिरिएको छ ।
त्यस्तै नायिका केटरीना पनि अहिले फिल्महरुमा व्यस्त छिन् । उनी हाल सलमान खानको फिल्म ‘भारत’ मा काम गरिरहेकी छिन् । उक्त फिल्मपछी उनले रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ मा काम गर्ने पक्का भइसकेको छ ।