केरा खानुका फाईदै फाईदा, घामले छाला डढाएको छ? चिन्ता नलिनुहोस्, काँक्रो बन्छ उपयोगी



हाम्रो इकोनोमि

 

केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ ।
केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।

 

साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ ।

ती यसप्रकारका छन् :

  • केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ ।
  • अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
  • केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
  • केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
  • केरामा अत्यधिक फाइवर पाइन्छ ।
  • केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ ।
  • अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ ।
  • केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
  • तनाव कम गर्नका लागि पनि उपयोगी हुन्छ केरा ।
  • केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।

 

घामले छाला डढाएको छ? चिन्ता नलिनुहोस्, काँक्रो बन्छ उपयोगी

 

जुनसुकै समयमा पनि सलादको रुपमा प्रयोग गरिने फल हो काँक्रो । प्रशस्त मात्रामा पानी पाइने हुँदा काँक्रो गर्मी समयमा अझ बढी रुचाइन्छ । घरदेखि रेस्टुरेन्टसम्म यो सलादको रुपमा प्रयोग गरिँदै आइएको छ ।

 

खाना खाँदा सलादको रुपमा काँक्रो चपाउन पाउँदा सबैलाई आनन्द आउँछ । सलादका लागि मात्रै नभएर गर्मीमा पानी प्यास लागेर मुख सुकिरहेको बेला काँक्रो खान पाउँदा कसलाई आनन्द आउँदैन र? काँक्रो खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि उत्तिकै फाइदा जनक मानिन्छ ।

 

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ ।

 

काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ। घामले डढेर छाला कालो भएको छ भने काँक्रोको रस निकाल्नुहोस् र त्यसमा कागतीको रस लगाउनुहोस् । अनि त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ ।

 

काँक्रोको नियमित खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सहयोग गर्नुका साथै पोलेको ठाउँमा काँक्रोको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउने गर्दछ ।

 

महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्रोको सेवन लाभदायी हुन्छ । काँक्रोलाई टुक्रा बनाएर दहीमा बिरे नुन, मरिच, जिरा, पुदिना आदि मिसाएर खाँदा महिनावारी नियमित हुनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्ने गर्दछ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...