आज पनि आँधीसहित बर्षा हुने : मौसम पूर्वामानले जारी गर्यो यस्तो सूचना



हाम्रो इकोनोमि

 

आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु९भागमा आंशिक बदली रहनेछ भने बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ भने पश्चिमी भेगका एक९दुई स्थानमा सामान्य हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

त्यसैगरी रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१७ देखि २०७६/०१/१९) जारी समय: विहान ६:०० बजे

 

आज दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडि भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख सामान्य वदली रही मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। साथै पश्चिमी भेगका एक-दुई स्थानमा सामान्य हुरी/बतास चल्ने सम्भावना छ | राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१६ देखि २०७६/०१/१८) जारी समय: साँझ ६:०० बजे
आज राति देशको पहाडी भेगमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ | देशको पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१६ देखि २०७६/०१/१८) जारी समय: विहान ६:०० बजे

आज दिउँसो देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१५ देखि २०७६/०१/१७) जारी समय: साँझ ६:०० बजे

आज राति देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थान तथा मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। पहाडी भेग लगायत मध्य र पूर्बी तराईका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१५ देखि २०७६/०१/१७) जारी समय: विहान ६:०० बजे
देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ र मध्य र पश्चिमि पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्ह पछि वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...