पहिलो भेटमै यौन सम्पर्क भयो, के गर्ने ?



हाम्रो इकोनोमि

 

पहिलो भेटमा यौन सम्र्पक भयो भने त्यो प्रेम सम्बन्ध अगाडि बढ्दैन । किनभने यस्तो सम्बन्धमा एकअर्कामा शंका बढदै जान्छ ।’ केही बर्षअघि एक तालिममा प्रसंगवस तपाईंले यसै भन्नुभएको थियो । आज तपाईंको त्यो भनाइ मेरो जीवन-भोगाई बनेको छ।केही समय अघि रोजगारीको सिलसिलामा एक युवतीसँग परिचय भयो ।

फिल्डमा थियौं । उस्तै काम र एकै क्षेत्रमा भएकाले हामी नजिक भयौं । हामीवीच यौन सम्बन्ध पनि रहन गयो । यौन सम्पर्कपछि उनलाई केही पश्चाताप लागेको हुनुपर्छ, मैले यस्तै महसुष गरेको छु ।

उक्त घटनाको एक वर्षपछि अर्थात अहिले उनी मबाट टाढिदै गएकी छिन् । जबकी हामीले एकअर्कासँगै जीवन विताउने योजना बनाएका थियौं । त्यही अनुसार नै पहिलो पटक शारीरिक सम्पर्क भएको थियो । तर, अहिले उनको आनीबानी फेरिएको छ । उनी खिन्न देखिन्छन् । यौन सम्पर्कका लागि पनि राजी छैनन् । उनी टाढाको यात्रामा वा एकान्तमा जान इच्छुक छैनन् ।

म उनीप्रति असाध्यै आकषिर्त छु र जीवनसाथी बनाउन चाहन्छु । तर, उनी क्रमस टाढिदैछिन् । मलाई लाग्छ, पहिलो भेटमै यौन सम्पर्क राखेकाले उनले मेरो आनीबानीमाथि शंका गरेकी छिन् । हुन त मलाई पनि उनीमाथि त्यस्तै शंका लागेको थियो । एकै भेटमा यौन सम्पर्कका लागि राजी हुने कस्ती केटी होलान् भनेर सोचेको थिएँ । तर, अहिले त्यस्तो लाग्दैन । मैले त्यो घटनालाई एउटा संयोग मानेको छु ।

तर, उनीभने के मलाई शंकाकै नजरले हेरिरहेकी छिन् ? के ममाथि उनको विश्वास टुटेको छ ? पहिलो भेटमै यौन सम्पर्क गरेपछि मित्रता वा सम्बन्ध टुट्छ ? प्रेम सम्बन्ध राख्ने मनासयमा पुगिसकेको बेला यौन सम्पर्क राख्नु ठिक थिएन ? -रमेश

रमेशजी, तपाईले आफ्नो उमेर खुलाउनु भएको छैन । तालिमका क्रममा मैंले यो कुरा धेरै स्थानमा भनेका कारण तपाईं कुन तालिममा सहभागी हुनुहुन्थ्यो थाहा हुन सकेन । यद्यपी तपाईं अविवाहित भएको र कलेजहरुका कार्यक्रममा भेट भएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु । त्यही आधारमा उत्तर दिने प्रयास गरेकी छु ।

अनुमान गर्दा तपाईहरु दुवैजना युवा अवस्थामा हुनुहुन्छ । यस्तो उमेरमा विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । मुख्य कुरा यही बेला प्रेममा फस्ने उमेर पनि हो । शरीरमा एकप्रकारको ज्वर प्रशारित भएको हुन्छ । त्यसैले पहिलो भेटमै केही समय व्यथित गर्दा यौन सम्पर्क हुनुलाई मैले आश्चर्य मानेकी छैन । किनभने यो स्वभाविक प्रक्रियाभित्रै पर्छ ।

यौन सम्पर्कपछि तपाईंले त्यो घटनालाई जीव्ानभर सधैं रहने प्रेमपूर्ण काम मान्नु भएको छ कि तत्कालको आवेग, त्यो कुरा छुट्याउनु पर्ने हुन्छ । जीवनभर रहने घटना मान्नु भएको छ भने त्यसलाई अघि बढाउन केही सम्झौता गर्नुपर्ने हुन्छ ।

तपाईंहरु यौनमा मात्रै हुनुहुन्छ कि प्रेममा पनि अगाडि बढि सक्नुभएको यो कुरा बुझ्न आवश्यक छ । एक पल्ट अचानक यौन सम्पर्क भएको हो भने त्यो कुरा त्यहीँ सकिनु पर्छ । तर प्रेम सम्बन्ध पनि छैन र प्रत्येक भेटमा यौनसम्पर्क हुन्छ भने चाहीँ यो चिन्ताको विषय हो ।

तपाईंको प्रश्नबाट तपाईंहरुलाई नजिक हुनासाथ यौन सम्पर्कमै पुग्ने गरेको कारणले चिन्ता बढ्न थालेको देखिन्छ । साथै निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ यौन सम्पर्कमा पुगिहालेकोले प्रेमीलाई केही आत्मग्लानी भएको हुनसक्छ ।

 

त्यो कुरा तपाईले संकेतको रुपमा पाउनुभएको छ र त्यसले तपाईलाई छटपटी गराएको छ । हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै यौन सम्पर्क भैहालेकोले पनि छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपाईहरुको छटपटाहटमा यस्ता थुप्रै पक्षहरुको भूमिका रहेको छ । पहिलाका अध्ययनहरुले देखाए अनुसार पहिलो डेटिङ्गमै पनि यौन सम्पर्क भैहालेमा यसले जोडीको दीर्घकालिन सम्वन्धमा खासै असर पर्दैन ।

केही अध्ययनले चाही पहिलो डेटिङ्गमानै हुने यौन सम्बन्धले पार्टनर माथि शंका पैदा हुने वताएको छ । विशेष गरेर यौन समबन्ध पहिलो भेटमानै हुने व्यक्तिले सामाजिक वा प्रेम सम्वन्धलाई बलियो बनाउछ त भन्नेमानै दुविधा भएको पाईन्छ । अनुसन्धानकर्ताहरुले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रने भनेका छैनन् । तर उनीहरुको भनाईमा गुणस्तरीय यौन सम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र यौन सम्पर्क भए राम्रो हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...