एसएलसी पास सहायक हेडमास्टरको बाहिरियो यस्तो कर्तुत,सेटिङ मिलाएर ११ पास १२ परीक्षा दिदा धन्दा छताछुल्ल



 

विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् ।

 

विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएको सार्वजनिक भएपछि चौतर्फी शंका शुरु भएको थियो । उनले कक्षा १२ को परीक्षा सेटिङ मिलाएर दिने तयारी गरेपछि उनको निगरानी आम नागरिकले बढाएका थिए ।

 

०७५ सालको उच्च मावि तहमा सहायक केन्द्राध्यक्ष बनेका डाँगीले २।९८ जीपीए ल्याएका थिए । आफै सहायक केन्द्राध्यक्ष बनेका उनले परीक्षा लेखेको तत्कालिन निरिक्षकहरुलाई कसैलाई थाहा छैन । परीक्षामा निरिक्षक बसेका एक जना व्यक्तिले भने, उहाँ सहायक केन्द्राध्यक्ष बनेको मात्र थाहा छ । परीक्षा लेखेको थाहा छैन, हामीले देखेका छैनौ ।

 

सहायक प्रधानाध्यपक डाँगी शनिश्चरे माध्यमिक विधालयका विधार्थी हुन् । गत वर्ष कक्षा ११ उर्तिर्ण गरेका उनले यसपालि कक्षा १२ को परीक्षा लेख्ने तयारी गर्दै थिए । आफुले काम गर्ने विधालयमा केन्द्र पर्ने भएपछि उनले शनिश्चरे माविमा भर्ना गरेका थिए । अघिल्लो वर्ष परीक्षामा निरिक्षक बसेका धेरैसँगको सम्पर्कमा उनीहरुले सहायक प्रधानाध्यापक डाँगीले विधालय भित्र परीक्षा नदिएको जानकारी दिएका छन् । ९सबैसँगको कुराकानी रेकर्ड सुरक्षित छ ।

 

कक्षा ११ को नतिजा सार्वजनिक भएपछि उर्तिण भएका ६७ विधार्थी मध्ये डाँगीले प्रथम स्थान हासिल गरेका थिए । परीक्षामा सामेल नभई उत्कृष्ट अंक ल्याएपछि खोजीको विषय बनेको थियो ।

 

कक्षा १२ को परीक्षा आइतवार देखि शुरु भएको छ । सो परीक्षामा समेत सेटिङ भएको खवर बाहिरिए पछि जिल्ला प्रशासन कार्यलय झापा, प्रहरी प्रमुख र अनुसन्धानको टोली विधालय पुगेको थियो । परीक्षा शुरु हुने दिन बैशाख १५ गते विहानै डाँगी विधालय पुगेका थिए । परीक्षाका लागि प्रश्न पत्र वितरण सकिएपछि उनी घर गएको फुटेज फेला परेको छ । प्राप्त जानकारी अनुसार प्रश्न पत्र लिएर घर जाने र श्रीमतिले परीक्षा लेखिदिने तयारी थियो । डिग्री गरेकी श्रीमतिले परीक्षा लेखेर कपि बुझाउने समयमा विधालय पु¥याउने तयारी भएको सूचना स्रोतले जानकारी दिएका छन् ।

 

 

परीक्षा लेख्ने सेटिङ जिल्ला प्रशासनको टोली विधालय पुगेका कारण भंग भएको छ । गत वर्षका प्रथम विधार्थी यो पटक पहिलो दिनबाटै परीक्षाको कपि नबुझाएका कारण अनुस्थित देखिएका छन् । उनको सिम्बोल नं। २०४०१७३६ हो । विधालय आसपासका अभिभावकले यस्तो योजना जानकारी पाएपछि सञ्चारकर्मीलाई अवगत गराएका थिए ।

 

प्रधानाध्यापक गुप्ता गत वर्षका केन्द्राध्यक्ष हुन् । उनकै सहयोगमा डाँगीले सबै खाले गतिविधि गर्दै आएका छन् । गुप्ताले लामो समयदेखि विश्वास पात्रकै रुपमा लिएका एक जना शिक्षकले आन्तरिक सूचना बाहिर ल्याउन थालेपछि विधालयभित्रको गोप्य घटना बाहिर सार्वजनिक हुन थालेको छ ।

 

एसएलसी उर्तिण गरेका डाँगीको विधालयमा योग्यता १० जोड २ लेखिएको छ । उनी विधालयका सहायक प्रधानाध्यापक हुन् । एसएलसी गरेका सहायक प्रधानाध्यापक डाँगी भन्दा तल्लो तहमा डेढ दर्जन डिग्री गरेका शिक्षक छन् । विधालयमा गंगाराम भट्टराई, रेनुका ढुङगेल, सिर्जना रोक्का, कमल ढुङगेल, रोहित गिरी, कुमारी भण्डारी, संगिता खरेल, माया गौतम र कुमार सुवेदी लगायत छन् । यसबारे एक जना शिक्षाविद्ले भनेका छन्, यहाँ पढेर मात्र हुन्न । पहुँच हुनेले योग्यता भएका जनशक्तिलाई पनि अवसरबाट बञ्चित गराइदिन्छन् ।

 

विधालयको कार्यलयभित्र शिक्षक विवरणमा डाँगीको नाम दोस्रो नम्बर राखिएको छ । यो घटनाबारे अुसन्धान शुरु भएपछि राखिएको बोर्ड आइतवार नै हटाइएको एक शिक्षकले जानकारी दिए । कार्यालयमा योग्यता सहितको विवरण राखिएको थियो । गत वर्षको परीक्षामा केन्द्राध्यक्ष , सहायक केन्दाध्यक्ष र निरिक्षक बसेका समेतको विवरण विधालयमा भेटिएको छ ।

 

यस घटनाबारे प्रधानाध्यापक गुप्ता र सहायक प्रधानाध्याक डाँगीले व्यवस्तता देखाउँदै प्रतिक्रिया समेत दिन मानेनन् । प्रतिक्रिया लिन खोज्दा झर्कोफर्को गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

भुटानी राजपरिवारको सदस्यहरु काठमाडौंमा

    भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

नक्कली डाक्टरले लुटे सुनचाँदी र ३ लाख रुपैयाँ

    नक्कली डाक्टर बनेर घरभित्र घुुसेका व्यक्तिले ३ लाख नगद र सुन–चाँदीका