मानव तस्कर ठेगान लगाउने, मन्त्री बिष्ट झनै कठोर, १० वटा म्यानपावर एकैपटक खारेज



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारका श्रम, रोजगार मन्त्री गोकर्ण बिष्ट झनै कठोर बन्दै आएका छन् । मानव तस्करगरी नेपाली नागरिकलाई विदेश पठाउने प्रलोभनमा दुख दिइरहेका कम्पनीहरु नै खारेज गर्नेगरी मन्त्रीले एक्सन लिएका छन् ।

 

मन्त्रीको ठाडो निर्देशनमा वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ। समयमा नविकरण नगर्ने र पटक–पटक गल्ती गर्ने म्यानपावर कम्पनी खारेज नै गर्नुपर्ने मन्त्री स्तरिय निर्देशनका आधारमा विभागबाट कम्पनी खारेज गरिएको विभागले जनाएको छ ।

 

खारेजीमा परेका १० वटा म्यानपावर कम्पनीको नाम विभागले मंगलबार सार्वजनिक गरेको हो। खारेजीमा पर्ने म्यानपावर कम्पनीमा इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालि रहेका छन्।

 

यस्तै, इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालि पनि खारेजीमा परेका विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...