प्रदेश २ मा नेकपाले सरकार बनाउने प्रचण्डको घोषणा, मुख्यमन्त्री राउतकोको पद धरापमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएका छन् ।

ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो पार्टी भएको नेताले सरकार पनि नेकपाले नै बनाउनुपर्ने बताए । उनले प्रदेश २ मा बेथिति र अराजकता मौलाएको पनि बताए ।

 

प्रदेश २ को विकासका लागि नेकपाले अब नेतृत्व लिने उनको भनाइ थियो । ‘प्रदेश २ मा हाम्रो पार्टी नेकपा सबैभन्दा ठूलो पार्टी हो’, उनले भने, ‘प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब सरकारको नेतृत्व नेकपाले लिन्छ ।’

 

प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संयुक्त रुपमा सरकार बनाएका छन् । मुख्यमन्त्री संघीय फोरमका नेता लालबाबु राउत रहेका छन् । पछिल्लो पटक मन्त्रीहरूले बजेट आफ्ना नातेदारहरूलाई नामै तोकेर दिएपछि विवाद र आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...