बालुवाटार जग्गा काण्डमा शेष घले, भवन भट्ट र सोनामको पनि डुब्ने भयो अर्बौ रुपैयाँ



हाम्रो इकोनोमि

 

बालुवाटारको सरकारी जग्गा खरिद काण्डमा नेपाली मूलका अष्ट्रेलियन नागरिक शेष घलेको पनि संलग्नता भेटिएको छ । विश्वको धनी सूचीमा नाम रहेका घलेले बालुवाटारको जग्गा सरकारी हो भन्ने जान्दा जान्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को भवन बनाउन जग्गा खरिद गरेको खुलासा भएको छ ।

 

सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका तत्कालीन अध्यक्ष घलले जबर्जस्ती खरिद गरेको तथ्य बाहिर आएको छ ।

 

गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ स्थानीयले सरकारी जग्गा नकिन्न सुझाव दिएका थिए । घलेलाई कागजपत्र पनि देखाइएको थियो । घलेले अटेर गरेरै जग्गा किनेका थिए । एनआरएनका पदाधिकारीले वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई कागजात पनि देखाएका थिए । राणाले जग्गा किन्न सुझाव दिएका थिए ।

 

एनआरएनका तत्कालीन अध्यक्ष घलेसहित उपाध्यक्ष भवन भट्ट र अर्का गैरआवासीय नेपाली सोनाम लामालगायतको समूहले बालुवाटारको सरकारी जग्गा किनेको स्रोतले जनाएको छ ।

 

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक एवम् विवादास्पद व्यापारी मीनबहादुर गुरुङ र एनआरएनएका तत्कालीन अध्यक्ष घलेबीचको पारिवारिक सम्बन्धले पनि बालुवाटारको सरकारी जग्गा किन्ने सहमति गरेका थिए । घलेले करीब १२ करोड रुपियाँमा बालुवाटारको जग्गा खरिद गरेका थिए । ३ रोपनी एक आना जग्गामा एनआरएनएको भवन बनिसकेको छ ।

 

विदेशमा पसिना बगाएर गैरआवासीय नेपालीले दिएको चन्दालाई घलेसहितको समूहले दुरुपयोग गरेको पुष्टि भएको छ । घलेसहित एनआरएन पदाधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रभावित पारी जग्गा रजिस्ट्रेसनका क्रममा लाग्ने दस्तुरसमेत मन्त्रिपरिषद् बैठकबाट मिनाहा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...