हुन्डाईका गाडी अब नेपालमै उत्पादन हुने, वार्षिक आठ हजार गाडी उत्पादन गर्ने…



हाम्रो इकोनोमि

 

कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ ।नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा उद्योग दर्ता गराएको हो ।

 

यसअघि कोरियाकै अर्को कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादनको लागि प्रत्यक्ष वैदेशिक लगानी अर्थात एफडीआई भित्राउन अनुमति पाएको छ ।

 

उसले १० अर्ब रुपैयाँको वैदेशिक लगानी भित्राउन लगानी बोर्डको बोर्ड बैठकबाट अनुमति पाइसकेको छ । तर उसले आफूले उद्योग स्थापना गरेपछि सात वर्षसम्म अरु गाडी कम्पनीलाई अनुमति दिन नहुने अडान राखेको थियो । उसको प्रस्ताव अस्वीकृत भए पछि अरु गाडी कम्पनीले पनि नेपालमा पाटपूर्जा बनाउन र विदेशबाट इन्जिन ल्याएर गाडी तयार गर्न उद्योग खोल्न लागेका हुन् ।

 

अहिले गाडी उत्पादनको लागि कम्पनी दर्ता गरेको लक्ष्मी मोटर्सले वार्षिक आठ हजार गाडी उत्पादन गर्ने जनाएको छ । सुरुमा उसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । नेपालमा अहिले साना गाडी बिक्रीमा सुजुकी पहिलो नम्बरमा छ भने हुण्डाई दोस्रो नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...