हुन्डाईका गाडी अब नेपालमै उत्पादन हुने, वार्षिक आठ हजार गाडी उत्पादन गर्ने…



हाम्रो इकोनोमि

 

कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ ।नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा उद्योग दर्ता गराएको हो ।

 

यसअघि कोरियाकै अर्को कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादनको लागि प्रत्यक्ष वैदेशिक लगानी अर्थात एफडीआई भित्राउन अनुमति पाएको छ ।

 

उसले १० अर्ब रुपैयाँको वैदेशिक लगानी भित्राउन लगानी बोर्डको बोर्ड बैठकबाट अनुमति पाइसकेको छ । तर उसले आफूले उद्योग स्थापना गरेपछि सात वर्षसम्म अरु गाडी कम्पनीलाई अनुमति दिन नहुने अडान राखेको थियो । उसको प्रस्ताव अस्वीकृत भए पछि अरु गाडी कम्पनीले पनि नेपालमा पाटपूर्जा बनाउन र विदेशबाट इन्जिन ल्याएर गाडी तयार गर्न उद्योग खोल्न लागेका हुन् ।

 

अहिले गाडी उत्पादनको लागि कम्पनी दर्ता गरेको लक्ष्मी मोटर्सले वार्षिक आठ हजार गाडी उत्पादन गर्ने जनाएको छ । सुरुमा उसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । नेपालमा अहिले साना गाडी बिक्रीमा सुजुकी पहिलो नम्बरमा छ भने हुण्डाई दोस्रो नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...