मुख्यमन्त्री पोखरेललाई लक्षित गर्दै ‘बम’ विष्फोट, कार्यक्रमस्थलमा तनाव



हाम्रो इकोनोमि

 

प्रदेश–२ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै कम विष्फोट भएको छ । रोल्पामा अज्ञात समूहले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थलदेखि केहि किलोमिटर टाढा बम विष्फोट गराइएको छ । नेकपाको रूकुम जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर टाढा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुरु भएको ५ मिनेटपछि विष्फोटको आवाज आएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी दीपक थापाले विष्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिएका छन् । उनले कार्यक्रमस्थलबाट धेरै टाढा विष्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिएका छन् ।

कार्यक्रमस्थलसम्म विष्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...