नेपाली कांग्रेसका चर्चित युवा नेता मध्यराति युवत्तीसँग यस्तो अवस्थामा भेटिएपछि…



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका चर्चित युवा नेता युवत्तीसँग आपत्तिजनक अवस्थामा भेटिएका छन् । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कार गर्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । चैत २२ गते शुक्रबार मध्यराति गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर प्रवेश गरी बलात्कारको प्रयास गरेपछि उनी पक्राउ परेका हुन् ।

 

महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रहरी निरीक्षक प्रकाश थापाले यस्तो जानकारी दिनुभयो । उनलाई गोंगबुमा डेरा गरी बस्ने युवतीको कोठाबाट मध्यराति १२ बजे ढोका फोरेर प्रवेश गरी बलात्कारको प्रयास गरेको सूचनाको आधारमा स्थानीयबासीको सहयोगमा पक्राउ गरिएको हो ।

 

युवतीको मौखिक जाहेरीका आधारमा प्रहरीले मध्यरातमै अर्याललाई प्रकाउ गरी अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । अर्याल निकट व्यक्तिहरुले युवत्ती र अर्याल लामो समयदेखि सम्बधमा रहेको स्विकार गर्छन ।

 

अर्यालका एकजना साथीले भने, ‘युवती र अर्यालबीच लामोसमयदेखि राम्रो सम्बन्ध थियो । कोठामा बेलाबेला उनीहरू सँगै बस्ने र खाने गर्थे । उनीहरूका बीच कुरा बिग्रिएपछि युवतीले बलात्कारको आरोप लगाएकी छिन् । महिलालाई कानूनले पनि सजिलो बनाइदिएको छ ।’ कांग्रेस नेता अर्यालले आफूलाई कुटपिट गरेको ती युवतीले प्रहरीमा बयान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...