बालुवाटार बैठकमा यसरी हप्काए बिष्णु पौडेललाई माधव नेपालले



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाले प्रवेश पाएको छ । सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको भन्दै के हो भन्ने प्रश्न गरेका थिए । लगतै वरिष्ठ नेता माधवकुमार नेपालले क–कसको पालामा के निर्णय भयो खोज्नुपर्ने बताए । तपाँईले बालुवाटारकै जग्गा चाँहि किन किन्नुपर्ने नि अन्त जग्गा पाईएन भनेर बिष्णु पौडेललाई माधव नेपालले हप्काएको बिषेश स्रोतको दाबी छ ।

 

हाल प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको ललिता निवासको जग्गा प्रकरणमा नेपाल नेतृत्वको सरकारले गरेको निर्णयबारे प्रश्न उठेको छ । पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले नै नेपाल सरकारको निर्णय खारेज गर्न सिफारिस गरेपछि केपी ओली नेतृत्वको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ ।

 

माधव नेपालको विदेश दौडधुप : चीनबाट फर्किएको भोलिपल्ट अमेरिका

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् ।चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

 

उनी ३ तारिखमा फर्कने कार्यक्रम छ । नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए । नेताहरुले भने नेपाललाई ट्रान्जिट मात्र बनाएको भन्दै ठट्टा गरेको एक नेताले जानकारी दिए । पूर्वप्रधानमन्त्री नेपाल धेरै विदेश गइरहने नेताहरुको सूचीमा अग्रपङ्तिमा पर्छन् ।

 

वालुवाटार जग्गा प्रकरण  भ्रम र वास्तविकता

 

वालुवाटार जग्गा प्रकरणका सन्दर्भमा तथ्यलाई केलाउने हो भने महासचिव पौडेलले प्रचलित कानुनअनुसार छोरा नविनको नाममा जग्गा खरिद गरी लिखित कायम भएको देखिन्छ । पोडेलमाथि शक्ति, सत्ता र पदको दुरुपयोग गर्दै सरकारी जग्गा हडप्ने खेलमा संलग्न भएको जुन दुष्प्रचार गरिदैछ, त्यो जनमानसमा भ्रम सिर्जना गर्ने र वास्तविकतालाई ओझेलमा पार्ने ‘ग्य्राण्ड डिजाईन’ का रुपमा लिन सकिन्छ । किनकि त्यसवेला पौडेल न त नेकपाका महासचिव नै थिए, न त मन्त्री नै थिए, न त सांसद नै । उनले कसरी पदीय दुरुपयोग गरे होलान भन्ने प्रश्न उठ्दछ । त्यससंगै उक्त जग्गा कुनै जालझेल वा प्रभाव र दवावमा नभई प्रचलित कानुनको परिधिभित्र रहेर मालपोत कार्यालयमा गएर जग्गा खरीद गरी नामसारी गरेको देखिन्छ ।

 

महासचिव पौडेलले सरकारी जग्गा हडपी आफ्नो छोरा नविनका नाममा दर्ता गरेको नभई उमाकुमारी ढकाल र माधवी सुबेदीसंग किनबेच गरी ल्याएको लिखत प्रमाणहरुले वताईएको छ । कसैले पनि जग्गा खरीद गर्दा सातपुस्ता खोजी निति गर्ने गरेको पाईदैन । जसरी पौडेलले पनि नगर्नु स्वभाविकै मान्न सकिन्छ ।

 

त्यसमाथि उक्त जग्गा खरिद गरी नामसारी गर्ने छैठौ व्यक्तिका रुपमा नविन पौडेल रहेका देखिन्छन । भरत समसेरकै नाममा रहदा अर्थात सरकारले उक्त जग्गा जफत नगर्दादेखि नै मोहीका रुपमा माया प्रजापती रहेको भुमि सम्बन्धि ऐन २०२१ ले ब्यबस्था गरेअनुसार मोहीले भर्ने फारम अनुसुचि २ को व्यबस्था अनुसार लिखतमै देखिन्छ । सरकारले उक्त जग्गा जफत गरेपनि मोही सोहीअनुसार कायम भएको देखिन्छ ।

 

सको अर्थ जफत भएको जग्गा सरकारका नाममा गयो । तर मोही यथावत नै रह्यो । किनकी त्यस बखत सरकारको नमको जग्गामा पनि मोही लाग्ने ब्यबस्था कायम थियो । त्यसमाथि उक्त जग्गाको हकमा सरकारको नाममा आउनु अघिदेखि नै मोही रहेको देखिन्छ । २०६७ सालमा भरत समसेरको जग्गा सरकारले फिर्ता गरपछि जग्गा धनी र मोहीबीच जग्गा बाँडफाँट भयो साविकको किक्ता न.ं २९ मोही बाँडफाँट हुँदा कित्ता काट भई कि.नं. ४४ मोही माया प्रजापती र कि.नं. ४५ राणा परिवारको नाममा भयो ।

 

मोहीयानी हकका रुपमा माया प्रजापतीको नाममा रहेको एक रोपनी भन्दा बढी जग्गा मायासंगै कृष्ण सुवेदी र शोभाकान्त ढकाल नाममा आयो । पछि माया प्रजापती, मचाबाबु प्रजापती हुँदै सुवेदी र ढकालको संयुक्त नाममा नामसारी भएको मालपोत कार्यालय डिल्ली बजारको श्रेस्ता र मठमा उल्लेख छ ।

 

रामकृष्ण सुवेदी र शोभाकान्त ढकाल हुँदै माधवी सुवेदी र उमा ढकालको नाममा नामसारी भई श्रेस्ता र लालपुर्जा बनेको उक्त एक रोपनी भन्दा बढी जग्गा मध्ये आठ आना जग्गा २०६१ पुस ११ गते रजिस्ट्रेसन पास गरी प्रचलित कानुनअनुसार नविन पौडेलले खरीद गरी नामसारी भएको देखिन्छ । जुन जग्गा नयाँ नापी हुनुका साथै हाल साबिकसमेत भएको जग्गा हो । सरकारी लिखत जग्गा मोही किटान भएर साबिक भएर, मोही कायम भएको र मोहीले मोहीयानी हक अनुरुप आफुले प्राप्त गरेको जग्गा हो ।

 

सरकार आफैले मोही कायम गरेर लालपुर्जा प्राप्त भएको जग्गा भएकोले यो जग्गा वैधानिकता माथि प्रश्न चिन्ह उठाउनु कुनै हिसावले पनि उपयुक्त र जायज मान्न सकिदैन । अर्थात नबिन पौडेलको नाममा रहेको जग्गा मोहीले मोहीयानी हकवापत प्राप्त गरको जग्गा बेचबिखन हुँदै आएको जग्गा हो । जुन जग्गा आमरुपमा प्रचार गरिरहेको जग्गाभित्र पर्दैन ।

अझ अर्को महत्वपुुर्ण बिषय मोहीका बिषयमा २०६६ चैत्र र २०६७ बैशाखमा मन्त्रिपरिषदको बैठकले पनि सम्बोधन गरेको छ २०६६ चैत्रमा समरजंग कम्पनीको नाममा दर्ता भई मोही लागेको जग्गा रोपनि २७– ७–२– १ मध्ये प्रम निवासक्षेत्र वस्तार गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ भने २०६७ बैशाखमा निवास नाममा दाखा दर्ता गर्ने र कम्पाउन्डभित्र परेका मोहीलाई पनि मोही वापत पाउने आधा जग्गा कम्पाउन्ड बाहिर शोधभर्ना दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...