हट सुरजनीको बोल्ड अवतार (फोटोफिचर)



हाम्रो इकोनोमि

 

‘हट एण्ड बोल्ड’ अभिनेत्रीको रुपमा चिनिएकी सुरजनी केसी केही दिन यता आफ्नो चौथो चलचित्र ‘पसिना’ को प्रचारमा व्यस्त छिन् । बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रमा उनको भूमिका सहायक अभिनेत्रीको छ । लिड हिरोइनमा अनु शाह छिन् । गौरव पहारी लिड हिरोको रुपमा छन् ।

चलचित्रलाई आर.बि. खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् भने यसको निर्माता शान्ता ढकाल हुन् र कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।

यसअघि ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता चलचित्रमा काम गरिसके पनि सुरजनीको यात्रा भने सन्तोषजनक देखिएन । किनकि, उनका अघिल्ला कुनै फिल्म चलेनन् । न त उनको अभिनयकै प्रशंसा भयो ।

‘पसिना’ बक्सअफिसमा सफल भए उनलाई पनि ठूलो राहत मिल्ने देखिन्छ । यस फिल्ममा उनले एक साधारण युवतीको भूमिका निभाएकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा उनलाई कुर्था सुरवाल लगाएकी एक सिम्पल युवतीको रुपमा देख्न सकिन्छ । तर, हालै उनले स्टुडियो क्रेज नेपालमा पुगेर यस फिल्मका लागि हट एण्ड बोल्ड फोटोसुट गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...