२ कठ्ठा जग्गा र २५ हजार घुस खाने वडा अध्यक्ष रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

जग्गा नामसारीका लागि सिफारिस दिन घुस खाने सप्तरीका एक वडा अध्यक्ष रंगेहात पक्राउ परेका छन । सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष मो शिल्टु मियालाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो। सर्वसाधारणसँग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन ।

 

 

उनले जग्गा नामसारीका लागि सिफारिस गर्न घुस लिएको आयोगले जनाएको छ। ‘बाबुको नामबाट छोराको नाममा सार्नुपर्ने जग्गा नामसारीको सिफारिस गरेबापत उनले पहिला आफ्नो नाममा ३० लाखको तमसुक बनाउन लगाएका थिए ।

 

जग्गा नामसारी भएपछि २ कठ्ठा जग्गा दिनुपर्ने र त्यसपछि तमसुक च्यात्ने सर्तमा वडाध्यक्ष सिफारिस दिन तयार भएका थिए । मियाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...