२ कठ्ठा जग्गा र २५ हजार घुस खाने वडा अध्यक्ष रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

जग्गा नामसारीका लागि सिफारिस दिन घुस खाने सप्तरीका एक वडा अध्यक्ष रंगेहात पक्राउ परेका छन । सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष मो शिल्टु मियालाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो। सर्वसाधारणसँग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन ।

 

 

उनले जग्गा नामसारीका लागि सिफारिस गर्न घुस लिएको आयोगले जनाएको छ। ‘बाबुको नामबाट छोराको नाममा सार्नुपर्ने जग्गा नामसारीको सिफारिस गरेबापत उनले पहिला आफ्नो नाममा ३० लाखको तमसुक बनाउन लगाएका थिए ।

 

जग्गा नामसारी भएपछि २ कठ्ठा जग्गा दिनुपर्ने र त्यसपछि तमसुक च्यात्ने सर्तमा वडाध्यक्ष सिफारिस दिन तयार भएका थिए । मियाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...