फिल्म सुटिङका लागि लन्डन पुगेकी अभिनेत्री श्वेता दिल्लीकाे अस्पतालमा भर्ना



हाम्रो इकोनोमि
 

नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लन्डन पुगेकी अभिनेत्री श्वेता खड्काकाे गर्धनमा ट्यूमर देशिएपछि अचानक शल्यक्रिया गर्नुपरेको छ । श्वेताले फेसबुकमार्फत आफ्नो गर्धनमा ट्यूमर देखिएको जानकारी दिँदै उनले दाेस्रो जीवन पाएको उल्लेख गरेकी छिन् । आफ्नो शल्यक्रिया सफल भएको जानकारी पनि फेसबुकमार्फत दिएकी छिन् ।

लण्डनमा केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् । श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखेको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताए । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिए ।’

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्यायर डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् । श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...