फिल्म सुटिङका लागि लन्डन पुगेकी अभिनेत्री श्वेता दिल्लीकाे अस्पतालमा भर्ना



हाम्रो इकोनोमि
 

नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लन्डन पुगेकी अभिनेत्री श्वेता खड्काकाे गर्धनमा ट्यूमर देशिएपछि अचानक शल्यक्रिया गर्नुपरेको छ । श्वेताले फेसबुकमार्फत आफ्नो गर्धनमा ट्यूमर देखिएको जानकारी दिँदै उनले दाेस्रो जीवन पाएको उल्लेख गरेकी छिन् । आफ्नो शल्यक्रिया सफल भएको जानकारी पनि फेसबुकमार्फत दिएकी छिन् ।

लण्डनमा केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् । श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखेको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताए । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिए ।’

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्यायर डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले जानकारी दिएकी छन् । श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...